Posted by: sajhabusaima June 22, 2006
Prachanda : Hero or Villain
Login in to Rate this Post:     0       ?        
मैले त बुझिन साझा युजर को मतलब के भन्ने , तर साझा युजर मेरो सोचाइ मा पनि प्रचण्ड कहिले पनि मानब हुन सक्दैन लाखौ जनता को रगत मा पौडि खेलेर । सक्छ भने अझ पनि शिक्षित जनता को मत जितन् सकोस होइन कि दुर्गम जिल्ला मा बिना शिक्षा र बिना रोजगारि भएका दाजु भाइ लाइ प्रलोभन मा पारेर युद्ध को अग्रपंग्ति मा राख्दैमा लिडर बन्न सक्दैन । यदि प्रचण्ड मानब हो भने सबै भन्दा पहिला राजनितिक कार्यकर्ता को अपहरण गर्न वन्द गर्नु पर्छ , चान्दा को नाम मा जबर्जस्ति बन्द गर्नु पर्छ , सिन्धुपालचोकमा भएको घटना मा माफि माग्नु पर्छ , पर्बत मा गरेको अतिक्रमण को लागि माफि माग्दै दोषि माथि कारबाहि गर्नु पर्छ । एका तिर संबिधान सभा मा जसरि भए पनि जित्नै पर्छ भन्ने अशीक्षित दाजु, भाइ , दिदि, बहिनि लाइ अनि अर्को तिर हतियार बुझाउन सक्दैनौ संबिधान सभाको जुनाव नभइ भन्ने के त यदि जनता ले हरायो भने फेरि जंगल अनि नेपाल फेरि नरक मा ? नेपालि जनता को आंखामा छारो हाल्न पुगि सक्यो अहिले केहि ले आवाज उठाएका छन अब धेरै ले उठाउने छन हेर्दै जाउ साथि अनि थाहा हुन्छ को प्रचण्ड भनेर ।
Read Full Discussion Thread for this article