Posted by: parbate June 22, 2006
राजतन्त्र स्वीकार गर्दैनौं - देव गुरुङ
Login in to Rate this Post:     0       ?        
कुनै पनि प्रकारको राजतन्त्र हामी स्वीकार गर्दैनौं - देव गुरुङ Filed under: Interview बालुवाटारमा सात दल-माओवादी बैठक सफल पार्न केले भूमिका खेल्यो ? बालुवाटारको बैठक सफल पार्नका लागि पहिलो कुरा त मुलुकको वस्तुगत आवश्यकता र जनआन्दोलनको जनादेशले नै मुख्य भूमिका खेल्यो र सहमतिको बिन्दुमा पुर्यायो । दोस्रो कुरा, हाम्रोतर्फाट मालेमावाद (मार्क्सवाद, लेनिनवाद, माओवाद) र प्रचण्डपथको सिर्जनशीलता, वैज्ञानिक विचार, सही मार्ग-निर्देशन र वस्तुस्थितिलाई ठीक-ठीक ढंगले संश्लेषण र विश्लेषण गरेर चल्न सक्ने कुशल नेतृत्वको कारण पनि त्यो स्थितिमा पुगिएको हो भन्न लाग्छ । जनआन्दोलनको बलबाट स्थापित संसद् भंग गर्नेसम्मको निर्ण्र्ााा सात दललाई सहमत गराउनु भनेको तपाईंहरूको राजनीतिक विजय होइन ? यसलाई जीत र हारको रूपमा लिनुभन्दा पनि मुलुकको वस्तुगत आवश्यकतालाई आठबुँदे सहमतिमा ठीक ढंगले प्रतिबिम्बित गरिएको छ भन्ने लाग्छ । तैपनि संसद् विघटन गर्नै नहुने अडानमा रहेका सात दललाई यसमा सहमत गराउन सफल हुनुभएको हो नि, होइन ? संसद्लाई निरन्तरता दिने कुरा पिछडिएको चिन्तन हो । किनभने आन्दोलनको म्यान्डेट त्यो चिन्तनसँग मेल खाँदैन । आन्दोलनको म्यान्डेट भनेको संविधानसभामा जाने हो, संसद्मा रहिरहने होइन । संसद् पुनर्स्थापना आन्दोलनको माग पनि थिएन । बीचमा संसद्वादी नेताहरूलाई एउटा सम्झौतामा राखेर आन्दोलन तुहाउन षड्यन्त्रमूलक ढंगले घोषणा गरी संसद् स्थापना गरिएको हो । त्यो संसद् आन्दोलनको म्यान्डेटभन्दा बाहिर रहेको हुनाले त्यस्ता चिन्तन र प्रवृत्तिहरू सच्चिन बाध्य हुन्छन् । मुख्य कुरा हामीले जनादेशलाई केन्द्रमा राखेर हेर्नुपर्छ । के कुरा नमिल्दा तपाईंहरू बीचमै बैठक छोडेर हिंड्न खोज्नुभएको थियो ? छलफलको क्रममा उतार-चढाव त हरेक ठाउँमा हुन्छ । चर्काचर्की बहस पनि स्वाभाविक हुन्छ । विगतमा धेरै दूरी बढेकाले कैयौं महिनाको कसरतपछि मात्रै १२ बुँदे सहमति कायम भएको थियो । त्यसपछि सँगसँगै आन्दोलन गर्दै आएको अवस्था हो । तर पनि सोचाइहरूमा धेरै अन्तर छन् । सैद्धान्तिक तथा राजनीतिक प्रश्नहरूमा थुप्रै अन्तरहरू छन् । ती अन्तरहरू रहेका कारणले कतिपय विषयहरूमा बहस हुनु, बहस लम्बिनु र चर्काचर्की हुनु स्वाभाविकै हो । तर बैठक नै छाड्नुपर्ने गरीचाहिँ के कुरामा विवाद चर्किएको थियो ? तपाईंले भनेजस्तै स्थिति त आएको थिएन । तर, संसद् http://focus.blogsome.com/2006/06/22/p96/#more-96
Read Full Discussion Thread for this article