Posted by: Mirmiray June 20, 2006
Pictures of Corrupted Leaders of Nepal
Login in to Rate this Post:     0       ?        
यिनीहरु हाम्रा निधी हुन, निधी।अरु पनि थुप्रै छन, टास्‍नोँस तिनीहरुका फोटोहरु पनि। एउटा सिँगै एलवम बनाऔ, केलेन्डर सजाऔ। जसमा हाम्रा भावि सन्‍ततिले गौरव गरुन। विगत ४० वर्षका प्र.म. हरु, अर्थ मँत्रीहरुको र परराष्‍ट्र मँत्रीहरु मुस्‍कुराइरहेको फोटु पनि टाँसौ। त्‍यो हेर्नसाथ थाहा हुन्‍छ हाम्रो देश दिनोदिन किन झन झन गरीव हुँदै गएको। आजभोलि कुनै स्‍कुल, कलेज, इनवर्सिटीमा देशको वारे निवन्‍ध लेख्‍दा वा प्रोपोजल वा पेपर प्रेजेन्‍टेसन गर्दा हामी गर्वले भन्‍छौ, लेख्‍छौ, पोख्‍छौ र हेर्छौ, नेपाल सँसारका सबैभन्‍दा गरीव मुलुकहरु मध्‍यको अग्रिम पँक्‍तिमा पर्छ भनी लेखिन्‍छ। हाम्रो जलसम्‍पदाले भरिपुर्ण सुन्‍दर देश गरीव??किन, किन??? यी राजनीतिज्ञ, अर्थविद र विशेषज्ञ भनाउँदाहरुले देशलाई किन खाडलमा हाले? अहिले आएर इनीहरु नै चोरको शोर ठूलो गरेर कराईरहेका छन। प्रत्‍येक फोटु मुन्‍तिर एउटा क्‍यापसन पनि लेख्‍नुहोला। कँहा छन र के गरदैछन। त्‍यो उनीहरुको भलाकुसारी वुझ्‍ने इच्‍छाले होईन। भाँडमा जाऊन ऊनीहरु। देशलाई गहिरो खाडलमा ढकेलेर यही धरातल वा माथि नर्कमा भए पनि यस्‍ता नकच्‍चराहरुललाई धिक्‍कारौ। तिनीहरुका परिवारजन पनि नेपाली अर्थव्‍यवस्‍था सगैँ खाडलमा डुवेका छैनन होला। होलान अमेरिका, युरोप, अस्‍ट्रलिया र देशमै डाडु पन्‍यु चलाएर खालि आफु र आफ्‍ना परिवार जनलाई मात्र ठुलो भाग पस्‍कँदै। देशलाई चुस्‍न सम्‍म चुसेर अरुहरु भाँडमा जाए भन्‍दै, खालि आफ्‍ना परिवारजन र हितैषीहरुको स्‍वार्थ मात्र रक्षा गरेका छन यस्‍ता प्र.म. र मँत्रीहरुले। नेपाली जनता गरीवी, भोक र औषधि नपाएर मरिरहेको यिनीहरुले वास्‍ता गरेनन र गरेका छैनन। यिनीहरुलाई जनताको सेवक भएर खालि आफ्‍नो परिवारजनलाई फुलाऊन पाए पुगो। कसैको होला हिम्‍मत अहिले को कँहा छन र देशले वाहेक केवल परिवारले मात्र फायदा पाएको वयान दिएर लेख्‍ने?? यी जुकाहरुले निम्‍त्‍याएका हुन माओवादीहरुलाई। टाँसौ फोटु र हेरौ यिनीहरुको घिनौना अनुहारहरु। भावी पीढीले बुझुन यिनीहरुका कुकर्मको फल।
Read Full Discussion Thread for this article