Posted by: focus.nepal June 20, 2006
नयाँ मुलुक बनाउने चाहना
Login in to Rate this Post:     0       ?        
June 20, 2006 महिला जनसेनाहरुको नयाँ मुलुक बनाउने चाहना Filed under: स्थलगत रिपोर्ट नेत्र पन्थी/कपिलबस्तु करिब पचास जनाको समूहमा प्रायः सबैको करिब एउटै उमेर छ । सबैको एउटै पोशाक छ । बोलीचाली भाषा र खानपिन त झनै एउटै छ । महिला र पुरुषको संख्या बराबरी देखिन्थ्यो । तर त्यस समूहमा सहभागी महिलाहरु आम नेपाली महिलाभन्दा फरक देखिन्थे । त्यो समूहमा सहभागी महिला देख्दा लाग्दथ्यो मुलुक बदल्ने जिम्मा यिनैको काँधमा छ । यो दृष्य गत जेठको अन्तिमसाता पश्चिम दाङको बाघमारे गाउँमा देखिएको थियो । बाघमारे घोराही बजारबाट करिब चालीस किलोमिटर पश्चिम पर्दछ । जुन ठाउँमा नेपाल सरकारको नामोनिसान भेटिँदैन अहिले । सरकार र बिद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीबीच युद्धबिराम भएको करिब एक महिनापछि जनसेनाको एउटा टोली यहाँ देखिएको थियो । जुन सेनालाई माओवादीले पश्चिम सैन्य कमाण्ड पाँचौ डभिजन दीर्घस्मृति बिग्रेडको पाँचौ बटालियन भनेर परिभाषित गरेको छ । एक बटालियन अन्तर्गत माओवादी जनसेनामा २०० देखि २५० सम्म छापामार रहने गरेका छन् । तर यसपाली युद्धविराम भएका कारण यस बटालियनका आधाभन्दा बढी छापामार यसबेला घरविदामा गएका छन् । माओवादी जनसेनामा सामान्य त ९ देखि १३ जना छापामार बराबर एक सेक्सन हुन्छ । चार सेक्सन अर्थात ३६ देखि ५२ जनासम्मको एक प्लाटुन हुन्छ । चार प्लाटुन छापामार बराबर एक कम्पनी हुन्छ । त्यसैगरी चार कम्पनी बराबर एक बटालियन हुन्छ । चार बटालियन बराबर एक बि्रगेड हुन्छ । तीन बि्रगेड बराबरReadmore....पुरा लेख पढन यहाँ क्लिक गर्नुस। From - http://focus.blogsome.com/2006/06/20/p87/#more-87
Read Full Discussion Thread for this article