Posted by: Deep June 19, 2006
Barbaad --- Deep
Login in to Rate this Post:     0       ?        
मेरो बाउको खल्तिमा पान्से अलपत्र परेर बस्ने सम्भावना त न्युन नै थियो। सबै पैसा आमा लाइ बुझै सक्या हुनु पर्छ बाउले किन कि आज एक् हैन दुइ गते भैसक्याथ्यो। भोलि बाङ्गेको बाउ आयेर सुरु गर्ने तमाशा मा मुख्य पात्र भयेर भुमिका खेल्नु भन्दा त एउटा चानस् अहिले लिनु ठिक् लाग्यो मलाइ। तर बाङ्गेले पैसा फिर्ता नगर्ने भे त मैले रिस्क् लिने कुरै छैन। मैले फेरि बाङ्गे लाइ केरेँ “तैँले पक्का फिर्ता गर्छस्? नगर्ने भये त म त झ्याप् हाँन्दिन---तेरो बाउ आवोस् कि आमा आवोस् भोलि” “मरि जाम् फिर्ता दिन्छु --- पर्सि नै दिन्छु --- पस्पति ले भस्म” बाङ्गे देउता खुबै मान्थ्यो---सकेसम्म सबै देउता थान् दाइने पार्ने उ पश्पतिको त उग्र भक्त थ्यो। पस्पति भस्म भनेसि मलाइ अलि पत्यार् लाग्यो। ल पख् भनेर म उक्लेँ माथ्लो तला तिर। बाउको खल्ति त होइन मेरो लक्ष्य आमाको सन्दूक् थ्यो जुन् पूजा कोठा भित्रको आर्को सानो कोठामा थ्यो।। एक्स्ट्रा पैसा त्यै राखने गर्या बलियो सङ्का थ्यो म सँग। साँचो पुजा कोठाको गणेश् पछाडि लुकाउने गर्या थाह्थ्यो मलाइ। बाङ्गे ले चोर्न सुरु गरे देखि मैले छोड्या थियेँ। जरुरतनै पर्दैन थ्यो। त्यसैले घरमा मान्छे म प्रति बाट त्यति धेरै साब्धान् थियेनन्। साँचो लियेर सन्दुक् तिर लाग्नु सट्टा आफ्नो कोठामा फर्केँ। साहस् साँचो हात लगाये पछि निक्कै घटि सक्याथ्यो। बाङ्गेले साँचो हात पारेकोमा मेरो प्रसम्सा गर्यो पैसा पर्सि नै फिर्ता गर्ने बाचा फेरि दोहोरायो र मेरो उत्साह बढाउन म सङै उ पनि सन्दुक् सम्म जाने भो। पानी अबिरल् पर्या पर्यै। बाहिर पानी पर्या आवजले भित्रको सानो तिनो आवजलाइ लुकाइहाल्थ्यो। सन्दुकबाट पैसा मुठ्याएर फर्किदै गर्दा बाङ्गेले पूजाकोठामा पानस् लडायो। अब भो! बाङ्गे र म अब के गर्ने भनेर अल्मलियेम्। अरु केहि चाल् चुल् सुनियेन। हामि एक् छिन् त्यैँ चुप् चाप् उभियेम्। ठिकै भो कसैले थहा पाएनन्। मैले बत्ति निभाएँ र बाङ्गे लै साबधान् हुन भनें। सन्दुकको ताल्चा मार्नै बिर्सेछ । फर्केर गयेर ताल्च मारेँ। आफ्नो घरमा म अध्याराँमा पनि अभ्यस्त थिएँ। साँचो गणेस् पछि राखेँ। मुटु फुटेर चक्नाचुर् होला जस्तो भैसक्या थ्यो। के ठिङ्ग उभिरा भर्याङ्गमा हिन्न छिटो--ओर्लि --झट्ट--ओर्लि अहिले उठ्छ मु-- तेरो बाउ अनि--बाङ्गेले साउति मार्दै बोल्या सुनेँ। ल बर्बाद्!। म त अझै पूजाकोठा भित्रै छु बाङ्गे त्याँ कोठा बाहिर कस्लाइ भर्याङ्ग् ओर्लिन भन्दै छ?
Read Full Discussion Thread for this article