Posted by: focus.nepal June 19, 2006
यस्तो छ सिक्लेस भेटघाटको गुदी कुरा
Login in to Rate this Post:     0       ?        
यस्तो छ सिक्लेस भेटघाटको गुदी कुरा Filed under: Article खिलबहादुर भण्डारी नेपाल कम्युनिष्ट पार्टी माओवादी अध्यक्ष प्रचण्डले सँगै रहेका हामीलाई भने घटनाहरु तीव्ररुपमा अगाडि बढिरहेका छन् अहिलेको नेपालको राजनीति कति तरल छ भने छिनछिनमा राजनीतिक घटनाक्रम तीव्र रुपमा अगाडि बढिरहेका छन् । यसको पूरा अर्थ बुझ्दा नबुझ्दै कुराको गाँठी रहस्य यसरी खोलियो तीन बजे नेपाल सरकारका गृहमन्त्री मकहाँ आउँदै हुनुहुन्छ केही राजनीतिक निर्णयबारे छलफल गर्न । एक्कासि आएको यस्तो खबरले राजनीतिक बाटोमा अविराम हिँडिरहेकाहरुलाई थप जिज्ञासा र कौतुहल बढ्नु स्वभाविक थियो । यही बीच काठमाडौंबाट हेलिकोप्टर उडेको खबर आइसकेपछि सिक्लेस गाउँको केही तल बारीको एउटा गह्रामा हेलिप्याड तयार भयो र हेलिकोप्टर अवतरणको लागि आगो फुकियो र एउटा कम्युनिष्ट पार्टीको रातो झन्डा फहराइयो । सिक्लेस र सिक्लेसपारिको ताङतिङ गाउँमा बाक्लो कुहिरो लागेको थियो हेलिकोप्टर अवतरण हुन कतै समस्या पर्छ कि भन्ने आशंकै आशंकाका बीच गृहमन्त्री कृष्णप्रसाद सिटौला नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला र माओवादी वार्ताटोलीका संयोजक कृष्णबहादुर महरा सिक्लेस आइपुगे । पोखरादेखि करिब ६ घन्टाको पैदल दूरीमा पर्ने पर्यटकीय गुरुङ गाउँ सिक्लेसमा गत आइतवार नेपालको राजनीतिक भविष्यबारे महइभ्वपूर्ण भेटघाट र निर्णय भए ।Readmore....यो लेख समय साप्ताहिक बाट साभार गरिएको हो , पुरा लेख पढन यहाँ क्लिक गर्नुस ।
Read Full Discussion Thread for this article