Posted by: m16 June 18, 2006
Exclusive Interview with DPM KP OLI
Login in to Rate this Post:     0       ?        
(इनेपाल न्युज सम्पादक तथा प्रकाशक कृष्णप्रसाद रेग्मीले माननीय मन्त्री केपी ओली जीसग विशेष भिडियो अर्न्तवार्ता लिनु भएको छ त्यसलाई हामीले यहा प्रस्तुत गरेका छौ । ) उपप्रधानमन्त्रीसंगको इनेपालको विशेष अर्न्तवार्ता http://www.enepalnews.com/1june/reg.mpg अर्न्तवार्तामा प्रधानमन्त्रीको सेरमोनियल किंङ , माओवादीसगका हाल भैरहेका वार्ता प्रसंग , जनआन्दोलन भाग २ मा मरेको वाघको जुङा उखेल्ने को ? वर्तमान राजनैतिक परिवर्तनवारे युरोपियन युनियन तथा अन्य संघसस्थाको प्रतिकृया हाम्रा मन्त्री जीको विचार , वेल्जियममा वस्ने नेपालीका सम्वन्धमा मन्त्रीका घारणा , दासढुङ्गा हत्या काण्डको छानविन हुन नसक्नुका पछाडिको रहस्य लगायतका भिडियो अर्न्तवार्ता अर्न्तवार्ताको विशेष आर्कषणमा सरकारले श्री ५ सरकार हटाएको १ महिना वितिसक्दा पनि देशकै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले करिव आधा दर्जन देशहरुमा घुम्नु भएको पासपोर्टमा सरकारको नाम परिवर्तन गरिएको छ की छैन रोचक अर्न्तवार्ताका साथ विविधि समसायिक हेर्न र सुन्न सक्नुहुने छ । अर्न्तवार्ताका क्रममा उपप्रधानमन्त्री ज्यूले श्री ५ को सरकार भन्ने शव्द सवै परिवर्तन भैसकेको हामीलाई वताएर पुष्टि गर्नका लागि आफ्नो भिजिटिङ्ग समेत यस अर्न्तवार्तामा देखाउनु हुने छ दुर्भाग्य त्यस कार्ड समेट नेपाल सरकार भनेर कतै उल्लेख गरेको हामीले पाएनौ । मन्त्री ज्युले यसै विषयलाई लिएर सरकार आर्थिक पक्षमा कमजोर भएको रातारात यस्ता विषय वस्तुहरु परिवर्तन हुन कठिभएको कमजोरी समेत हाम्रा सामु लुकाउनु भएन । हामीले हाम्रा कौतुहलता मेट्नका लागि मन्त्रीको राहादानी नै हेर्न अनुरोध गर्दा उहासंग तत्काल नभएको र अर्न्तवार्ताको क्रम सकिए पछि आफ्नो निवासवाट हामीलाई देखाउन परराष्ट्र मन्त्रालयका भ्रमण टोलीसहित सामुहिक पासपोर्ट सहित उपस्थित हुनुभयो ।। तर ..मन्त्री ज्यु लगायतका पासपोर्टमा श्री ५ शव्द यद्यपी कायम नै रहेको पाइयो , उही पुराना पासपोर्ट तर अग्रेजी र नेपाली दुवै भाषामा पासपोर्टको एक छेउमा श्री ५ सरकारको नाम परिवर्तन भै नेपाल सरकार कायम भएको सरकारी व्यहोरा लेखिएको रहेछ ।।। देशकै उपप्रधानमन्त्री तथा स्वय पराराष्ट्र मन्त्री ज्यूको पासपोर्टको अवस्थामा समेत महिना दिन वितीसक्दा पनि परिवर्तन हुन सक्दैन भने मेची महाकाली जनताले लिएका पासपोर्ट लगायतका अन्य कागजातहरुमा कहिले नेपाल सरकार लेखिने हुन त्यो त हेर्न नै वाकी छ । आजै अर्न्तवार्ताका क्रममा उपप्रधानमन्त्री ज्युले निकै गम्भिर सवालहरु राजनैतिक रुपमा उठाउनु भएका छ । विस्तृत का लागि भिडियो जस्ताको तस्तै प्रस्तुत गरिएको छ । । ) www.enepalnews.com
Read Full Discussion Thread for this article