Posted by: gurughantal June 16, 2006
Nepotism in Kathmandu University
Login in to Rate this Post:     0       ?        
काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ (KUPA) को आह्वान काठमाडौं विश्वविद्यालय कावि स्थापना भए यता देखि केही सीमित पदाधिकारीहरुले विश्वविद्यालय साचालनमा स्वेच्छाचारिता मनोमानिता र भ्रष्टाचार गर्दै आएको तथ्य सार्वजनिक भैसकेको छ । आफन्त र नजिकका मान्छेहरुलाई नियुक्त गरी उनीहरुलाई लाभ उपलब्ध गराई विश्वविद्यालयमा दैनिक काम-काज साचालन गर्ने परम्पराको थालनी स्थापनाकाल देखिनै शक्तिमा बसेका व्यक्तिहरु आफु झन शक्तिशाली हुने नीति अनुरुप नै गर्दै आएको तथ्य यहाँहरुलाई सर्ववितितै छ । यसबाट सिर्जना भएको अव्यावसायिक सँस्कृति (unprofessional culture) र व्यवस्थापकीय कमजोरी (mismanagement) ले कुप्रथाको थालनी भएको हुँदा त्यस्तो प्रकारको श्रृङ्खलालाई अन्त्य गर्न अत्यन्त आवश्यक भै सकेको छ । काविमा यस्तो लज्जाजनक संस्कारको चरम विकास भैसक्दा पनि विश्वविद्यालय बाहिर यसबारे चर्चा हुन्छकि भन्ने त्रासले उपकुलपति रजिष्ट्रार र परीक्षा नियन्त्रक लगायतले खेलेको भूमिकालाई यहाँ भैरहेको दमन शोषण र भ्रष्टाचारलाई ढाक छोप गर्ने प्रयासको रुपमा लिनु पर्छ । यस्तो प्रकारको स्वेच्छाचारिताको विरुद्धमा जब स्वाभिमानी प्राध्यापकहरुले संगठित भै KUPA गठन गर्ने प्रकि्रया सुरु गरे तब तिनै पदाधिकारी र उनीहरुका मतियारहरुले विश्वविद्यालयमा विधिको नियम विपरीत संगठित प्राध्यापकहरुका आवाजलाई उपेक्षा गर्ने र सांघातिक हमला गर्ने कुचेष्टा जस्ता निर्लज्ज तरिकाको व्यवहार प्रदर्शन गरी प्राज्ञिक समुदाय सामु आफैलाई कलङ्कित तुल्याएका छन् । विश्वविद्यालयमा कार्यरत तठस्थ प्राध्यापक एवं कर्मचारीहरुको अथक प्रयासले काविले जुन प्रतिष्ठा हासिल गरेको छ त्यसैलाई ढाल बनाई आफ्नो सामन्ती मानसिकता र अक्षमताको ढाकछोप गर्न उपकुलपति रजिष्ट्रार एवं परीक्षा नियन्त्रक निरङकुश शैलीमा प्रस्तुत हुने कुरा कोहीबाट लुकेको छैन । काविका सम्पूर्ण विद्यार्थी प्राध्यापक अन्वेषक प्रशिक्षक प्रशासनिक कर्मचारीहरु र सर्वसाधारणलाई हामी जानकारी दिन चाहान्छौ काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ गठन प्रकि्रया सम्पन्न भई यस्को काम-काज साचालनार्थ एउटा कार्यसमिति पनि गठन भैसकेको छ । यसै बीच KUPA को समर्थनमा र यस्ले गर्ने युगान्तकारी अभियानमा सम्लग्न हुने व्यक्तिहरुलाई हामी आश्वासन दिन चाहन्छो कि KUPA को कार्यमा ऐक्यवद्धता जनाउनॆ व्यक्तिहरु माथि गरिने दमन र अन्यायको विरुद्धमा KUPA ले न्याय दिलाउन सुदृढ कदम चाल्न पछि पर्ने छैन । स्वेच्छाचारिताको पछिल्लो उदाहरण प्रस्तुत गर्दै Department of Natural Sciences (Chemistry) का अ.प्रो. डा. बोरिस निरौलालाई नियम विपरीत कार्वाही गर्ने निर्णयको विरुद्धमा School of Science का डीन डा. पुष्पराज अधिकारी र निमित्त रजिष्ट्रार डा. भद्रमान तुलाधरको KUPA तत्काल राजिनामा माग गर्दछ । काविमा विधिको शासनलाई चुनौती दिन्दै मनोमानी तवरले आफ्नो हैकम र रवाफ लादने व्यक्तिहरुलाई पदमा बसी राख्ने कुनै नैतिक अधिकार नभएको र यी व्यक्तिहरुलाई बर्खास्त गर्नु पर्छ भन्ने हाम्रो अडान छ । मिति २०६३ आषाढ २ गते बिहान १०।०० बजे सम्म राजिनामा नआएको खण्डमा का।वि।प्रा। संघ कडा संघर्षमा उत्रन बाध्य हुनेछ । साथै समस्त स्वाभिमानी कर्मचारीहरुलाई KUPA को अभियानमा उत्रन हार्दिक आह्वान गर्दछ । KUPA ले काविमा मर्यादित सँस्कृतिको थालनी गर्ने अभियानमा यी प्रारम्भिक मागहरु अघि सारेको छ । KUPA ले अघि सारेका कुनै पनि मागलाई अहिले र भविष्यमा उपेक्षा नगरियोस् भन्ने हाम्रो अन्तिम आग्रह छ । अन्यथा विश्वविद्यालयमा पठनपाठन परीक्षा अनुसन्धान कार्य अदिमा अवरोध पुगे विश्वविद्यालयका पदाधिकारीहरु पूर्णरुपले जिम्मेवार हुनेछन् भन्ने कुराको जानकारी यसै आह्वान पत्र मार्फत गराउँन चाहन्छो। KUPA लॆ अन्य मागहरु र काविको संरचना एवं नियममा आमूल सुधारका कार्यक्रमहरु सहित आन्दोलनमा छिटै उत्रिने जानकारी पनि दिन चाहन्छो । यस अभियानमा सर्मथन गर्न चाहने प्रध्यापकहरुले कुनै कारण वश संलग्नता जनाउन नसक्नु भएको भए KUPA कार्यसमितिका कुनै पनि सदस्यलाई सम्पर्क राखी आफ्नो औपचारिक ऐक्यबद्धता जनाउन हामी सादर अनुरोध गर्दछौ । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ धुलिखेल काभ्रे । मितिः २०६३ आषाढ १ वृहस्पतिबार ।
Read Full Discussion Thread for this article