Posted by: paankopat June 9, 2006
Nepotism in Kathmandu University
Login in to Rate this Post:     0       ?        
RajaHarishchandra, What Fragrance said is wrong. Manish has not done ph.d.. Yeah, he might have told students that he is Dr. Manish. This can cause confusion. I am surprised to know that KU admin (Sitarama and Suresh Raj) has banned the blog opened by ex-KU graduates. This is there message in www.changeinku.blogspot.com: प्रतिबन्ध फिर्ता गर! काठमाडौ विश्वविध्यालयमा विध्यमान कुरीति, नातावाद र कृपावादको विरोधमा त्यहाँ कार्यरत शिक्षक तथा भुतपूर्व प्राध्यापकहरुको अग्रसरतामा नेपालका प्रमुख छापाहरुमा का.वि.वि.सँग सम्बन्धित कुराहरु प्रवाह भई रहेको छ । यसमा का.वि.वि. प्रशासनले पनि पाठक पत्र तथा बिज्ञप्ति मार्फत आफ्ना भनाईहरु राख्दै आएका छन। जतिसुकै अतिरञ्जित, भ्रामक र आफ्ना अनियमिततालाई ढाकछोप गर्ने हिसावले आएपनि, का.वि.वि. प्रशासनले पनि आफ्ना भनाईहरु खुल्ला रुपमा राख्दै आएको छ। तर, आफ्ना भनाईहरु मात्र लादने निरँकुश प्रवृति का.वि.वि. प्रशासनले पुन: दोहोर्याउन चाहेको हामीले भेउ पाईसकेका छौँ । आजन्म उपकुलपति र रजिष्ट्रार हुने ध्याउन्नमा लागेका डा. सुरेश राज शर्मा तथा डा. सिताराम अधिकारी का.वि.वि. प्रशासनले सो विश्वविध्ालय भित्र गरेको चरम अख्तियार दुरुपयोग, सर्वब्यापी आर्थिक अनियमितता र अन्धाधुन्ध नातावाद र कृपावादका कुराहरु लोकतान्त्रिक नेपाल सरकार र सर्वशक्तिमान प्रतिनिध सभाका माननीय साँसदहरु समक्ष नआओस भन्ने हेतुले, समाचार प्रवाहलाई नै बन्द गर्ने षडयन्त्रमा लागेको हाम्रो ठहर छ । यसको पहिलो प्रयास डा. सुरेश राज शर्माले देशकै प्रतिष्ठित पत्रिकामा रोई-कराई गरेर का.वि.वि.का प्राध्यापक तथा प्राध्यापकहरुको भनाईलाई उक्त पत्रिकामा स्थान नदिन गरेको अनुनय-विनय हो । का.वि.वि.का शुभचिन्तक, भुतपूर्व विध्यार्थीहरु र प्राध्यापकहरु तथा प्राध्यापक सँघबाट प्रेषित बिभन्न पत्रहरु प्रकाशित नहुँदा के-कस्तो कारणले भएको हो, सोधखोज गर्दा यावत तथ्यहरु बाहिर आएको कुरा पाठकहरुमा जानकारी गराउन चाहन्छौ। आफ्ना जागिरे जीवनको शुरुआत देखिनै दरबारसँग नजिक डा. सुरेश राज शर्माले, दरबारको निगाहाबाट भिन्न-भिन्न समयमा भिन्न-भिन्न स्थानमा महत्वपूर्ण पदहरु हासिल गरेको कुरा यहाँहरुलाई जानकारी नै होला। दरबारको ईशारामा नेपालको शिक्षानीतिलाई पनि दिशाहिन बनाउने बाटोमा लाग्दालाग्दै, डा. सुरेश राज शर्माले दरबारसँगको निकटताको अर्को उपलब्धी आज हाम्रा अगाडी प्रस्तुत गर्दै छन। त्यो हो, उहाँको मन्डले रुप। हो, यो सत्य हो, प्राज्ञिक स्वतन्त्रता र स्वाधिकारको डिँग हाँक्ने डा.शर्मा, आफ्नो विरोध र आफ्ना भ्रष्टाचारहरुको चर्चा-परिचर्चा हुँदा कुनै श्रिष शम्शेर र कुनै कमल थापा भन्दा कम छैन । यदि, साँच्चिकै प्राज्ञिक स्वतन्त्रतामा विश्वास गर्ने हुँदो हो त, प्राध्यापकहरुको सँगठनलाई मान्यता दिने, प्राध्यापकहरुका भनाईको उचित जवाफ दिने र सँवाद र सहमतिमा विश्वास गर्ने उनको प्रयास हुनुपर्थ्यो। तर, यसको विपरित प्राध्यापकहरुका भनाई कतै पनि प्रकाशित नहोस र कतैपनि नछापियोस भन्ने दुष्प्रयासले डा. शर्मा प्राध्यापन क्षेत्रमा भेडाको छाला अोढेका मन्डले हो भन्दा अत्युक्ति नहोला । अर्को तर्फ प्राज्ञिक मूल्य र मान्यतामाथि कुठाराधात गर्दै काठमाडौ विश्वविध्यालयका वर्तमान विध्यार्थी तथा प्राध्यापकहरुका समर्थनमा सन्चालित यस ब्लगलाई का.वि.वि.मा प्रतिबन्ध लगाएर डा. शर्माले आफु जन्मजात विरोध सहन नसक्ने, प्राज्ञिक स्वतन्त्रताको विरोधि र निरँकुशताका प्रतीक रहेको पुन:पुष्ट्याँई गरेको छ। डा. शर्मा तपाँई यदि आफुलाई साँच्चिकै लोकतन्त्रवादी भन्ठान्नु हुन्छ भने, का.वि.वि.मा यस बल्गमाथि लागु प्रतिबन्ध तुरन्त खारेज गर्नुस, अनि मात्र लोकतन्त्रको सम्बन्धमा बोल्नु होला। यस्तै, पत्रिकामा प्राज्ञिक स्वतन्त्रता सम्बन्धि लेखहरु लेख्नु अगाडी आफु हाल कार्यरत विश्वविध्यालयका प्राध्यापक तथा विध्यार्थीहरुका सू-सुचित हुने र निर्वाध छलफल र लेखपढ गर्न पाउने प्राज्ञिक स्वतन्त्रता बहाल गर्न हामी चुनौति दिन्छौँ । छोटो समयमा नै लोकप्रिय यस बल्गमा मुखरित भावनाहरुलाई अब कसैले ठेगेर थाम्न सकिन्न। तसर्थ, प्राध्यापक तथा विध्यार्थीहरुको आक्रोशको शिकार हुनु भन्दा पहिले नै वास्तविक धरातलमा टेकेर कार्य र व्यवहार गर्न का.वि.वि. प्रशासनलाई हामि सचेत गर्दछौँ । तसर्थ, डा. शर्मा तथा डा. अधिकारी लाई का.वि.वि.मा यस ब्लगमाथि लगाईएको प्रतिबन्ध तुरुन्त फिर्ता गर्न हामि अाव्हान गर्दछौँ।
Read Full Discussion Thread for this article