Posted by: amrit joshi June 2, 2006
PAMPHA BHUSAL
Login in to Rate this Post:     0       ?        
PAMPHA ON MAOIST CONTRIBUTION TO ANDOLAN 2 AND ON HER DEMAND FOR 50% OF GOVT. BUDGET TO ARMY : जति बेला रत्नपार्कमा जुलुस हुन्थ्यो हामीद्वारा थानकोट र दधिकोटमा भएको आक्रमण, जति बेला चैत २४को आन्दोलन हु“दै थियो र्सलाहीको मलंगवामा भएको फौजी कारबाहीलाई बिर्सनु हुन्न। शाहीसत्ता नगरपालिका निर्वाचन गर्दै थियो, हामी पाल्पा र धनकुटामा आक्रमण गर्दै थियौं। यी सबै कुराको जनआन्दोलनमा सहयोग छैन भन्नु तथ्यबाट विचलित हुनु हो। हाम्रो सशस्त्र कारबाहीले जनआन्दोलनलाई तागत दिइरहेको थियो। हाम्रा सशस्त्र फौजहरूले पुराना सत्ताका सुरक्षानिकायलाई आक्रमण गर्दा ती रक्षात्मक बन्न पुग्थे र जनआन्दोलनलाई सहयोग पुग्थ्यो। वास्तवमा भन्नुहुन्छ भने हामीलाई गएको जनआन्दोलन सशस्त्र र फौजी संर्घष्ाको नेपाली विशेषताको नया“ संयोजन र एक्काइसौं शताब्दीको राजनीतिक आन्दोलनको एउटा विशेषता पनि बन्नेछ भन्ने लाग्छ। माओवादीले भनेको संविधानसभा तथा लोकतान्त्रिक गणतन्त्रमा त सबै सहमत भइसकेका छन्, तर पनि किन तपाईंहरू चन्दा, अपहरणलगायतका अनेक बखेडा निकालिरहनुभएको छ - चन्दा कुनै ठूलो विषय होइन, त्यो भन्दा निकै हानिकारक ढंगले राजाले आप्ः्नो पैतृक सम्पत्ति मात्र होइन देशका नाममा आउने सहयोग, राज्यकोषहरूको दुरूपयोग गरेकोतर्फध्यान जानर्ुपर्छ, त्यसलाई राष्ट्रियकरण गर्नेतर्फलाग्नर्ुपर्छ। हाम्रो सेनामा पर्ूण्ाकालीन रहेका योद्धाहरूको भरणपोषणका लागि केही नगद, जिन्सी तथा केही मौसमी चन्दा उठाएको हौं, हामीले कुनै वैदेशिक सहयोग नेपाली सेनाले जसरी लिएका छैनौं, हामीले नेपाली जनताबाट मात्र सहयोग लिएका छौं। अब युद्धविराम, वार्ता र अन्तरिम सरकारको गठनका कुरा उठिरहेका बखत राज्यले आप्ः्नो बजेट दुवै थरी सेनालाई बा“ड्नर्ुपर्छ, त्यसपछि हामी चन्दा लिनेछैनौं। अहिले माओवादीका नाममा जुन आतंक बढेको भनिएको छ, त्यो पुरानो सत्ताका सुरक्षाकर्मीबाट भएको हो, हामीलाई बदनाम गर्न खोजिएको हो।
Read Full Discussion Thread for this article