Posted by: lonely1 June 1, 2006
ktm ma aaja feri loot
Login in to Rate this Post:     0       ?        
Mandales employing professional goons, former Maoists, and in some instances as in Chabhil and Sunsari army and police men to loot, kill, and create chaos. That is all. भिजिलान्तेसँग झडप शंकर खरेल (Kantipur) इटहरी, जेठ १७ - सैनिक भर्ती रोकिएको बहानामा यहाँ भएको प्रदर्शनमा भिजिलान्ते पसेपछि सर्वसाधारणसँग झडप भएको छ । त्यसक्रममा २० भन्दा बढी घाइते भएका छन् । घटनाले बुधबार इटहरी बजार तनावग्रस्त रह्यो । पूर्वी पृतना मुख्यालयले एक महिनाअघि गरेको सैनिक भर्ना आह्वान अन्तिम समयमा स्थगन भएको सूचना दिएपछि विरोधमा आक्रोशित प्रशिक्षार्थी नारा लगाउँदै बजार क्षेत्रतर्फ गइरहेका बेला भिजिलान्ते पसेर बन्द र तोडफोड सुरु गरेका थिए । भीडमा पसी उनीहरूले सात दलविरुद्ध नाराबाजी सुरु गरेपछि घर-घरबाट कार्यकर्ता सडकमा निस्केका थिए । 'ऋण काढेर दुःखले भर्ती हुन आएका थियौं, स्थगितको सूचनाले आक्रोशित पार्नु स्वाभाविक थियो,' ताप्लेजुङबाट आएका माइतराज लिम्बूले भने- 'तर अपरिचित व्यक्ति आएर तोडफोड गर्न थाले र स्थिति तत्कालै सोचेभन्दा विपरीत भइदियो ।' जिल्लाबाट आएर होटलमा बसेका ६५ युवा स्थगनको सूचना पाउनासाथ नाराबाजी गर्दै इटहरी चोक पुगेका थिए । आक्रोशित युवाको भीडमा अचानकै केही भिजिलान्ते प्रवेश गरी सरकार र सात दलविरुद्ध नारा लगाए । उनीहरूले आधा दर्जनभन्दा बढी सवारी साधन तोडफोड गर्नुका साथै बटुवालाई कुटपिट गरेका थिए । सात दल र निकट भ्रातृ संस्थाका फर्फराइरहेका झन्डा च्यात्नुका साथै समूहले लोकतन्त्रविरुद्ध नारा लगाएपछि स्थानीय युवासित केहीबेर झडप भयो । झडपमा युवाहरूले चार बहालवाला सैनिकलाई पक्रेर प्रहरीकहाँ बुझाएका थिए । तीन जना इलाका प्रहरी पुर्‍याउनासाथ भाग्न सफल भए । रंगेली सुरक्षा बेसक्याम्पका जवान विकास जीसी सख्त घाइते भए। स्रोत अनुसार प्रहरीले भिजिलान्तेको सहभागिता नदेखाउन घाइते २० युवालाई हिरासतमा राखेर कारबाही अघि बढाएको छ । पक्राउ सबै घाइते छन् । प्रहरी निरीक्षक सुदीपराज राजभण्डारीले यसबारे अध्ययन भइरहेको बताए । पृतना मुख्यालयले भने घटनाबारे आश्चर्य व्यक्त गर्दै सरकारको निर्देशनपछि भर्ना रोकिएको बताएको छ । What other evidence do we need, guys?
Read Full Discussion Thread for this article