Posted by: Gautam B. May 30, 2006
Login in to Rate this Post:
0
?
प्रीतीजी र मिस,
आर्या साढे दुई महिनाकी भई। अहिले अलि अलि मान्छे चिन्न (कम्तिमा उस्का बाउ आमा ) चिन्न थालेको हो कि जस्तो लाग्छ। हाँस्न पनि जानी अब। बोल्न खोजेझैँ गरेर अलि अलि आवाज पनि निकाल्छे। सबै कुरामा औसत भन्दा अलि छिटो हो रे (अरुले भनेको है)। म बिहान उस्को हाँसो हेरेर घरबाट निक्लन्छु र बेलुका उस्को हाँसो हेर्न घर भित्र पस्छु।
आर्या आएपछि हाम्रो जिन्दगी अझ बढी हँसिलो र उज्यालो भएको छ; एउटा सुन्दर कविता जस्तै भएको छ।
फोटोको कुरा गरीहाल्नु भयो, टाँस्दैछु। (बरु चौतारीमा बढी ब्यक्तिगत कुरा गरेजस्तो लाग्ने हो कि अरु गाम्लेहरुलाई?)
पहिलो र दोश्रो फोटा लिँदा आर्या डेढ महिनाकी थिई। पहिलो फोटोमा भर्खर ब्यूँझेर जीऊ तन्काऊँदै, दोश्रोमा बाउको कान निमोठ्न खोज्दै (सबैले ठ्याक्कै बाउजस्ती भन्छन्, हो त?)। तेश्रो हालसालैको हो, फोटो अलिक अँध्यारो आएको छ।
मलाई त्यो पहिलो फोटो असाध्यै मन पर्छ।