Posted by: world_map May 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
सप्पै गाम्लेहरूलाई नमस्ते है! सिरेको बिजुलीपत्र पा'थें, केनडाँडाको यौटा तकनिकि समितिमा नियुक्त भएछ। लौ बधाई छ है सिरे, कहिलेकाहीं यस्सो चौतारीमा नि केही ज्ञान बाँड्न आम्नु नि। अनि पिरतीजीलाई कस्तो लागो त सिनेमा? म टिकस् पठाईदिन्छु, चिन्ता नगर्नुस्, फुर्सद मिल्ने बित्तिकै गएर कटाईहाल्छु, तपैं र ठूल्नानी आम्नुस् है त? :) दादाको सुझाव नि राम्रै लाग्यो, राजनीतिक भाषण नि गर्न पाईने रे? ल ल गरम्, सुन्दा त मज्जै आउँछ नि। सान्कान्छा जरामुनि हो? भकुन्डोको पर्तियोगिता चाँडै शुरू हुँदैछ, बाजी हाल्नु पर्छ है! मास्टर्नी दिदी, नयाँ विद्यार्थीहरूको भर्ना गरेर रोल नं वितरण गर्दिनुस् न। मेरो हाजिर नि गराई पाम्, रोल नं ८, हजूर मास्टर्नी दिदीऽऽऽ।
Read Full Discussion Thread for this article