Posted by: sano_kanchha May 28, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
लौन गाम्ले हरु ले नयाँ चौतारि पनि बना'छन गाठे । मेरो तर्फ बाट पनि मुरि मुरि धन्यबाद यति राम्रो चौपारि बनाएको मा ।साइला दाइ मलाइ मिस ले परिक्षा लिने भन्नु भएको छ तेहि भएर चौपारि आउन नपा'को हो । मेरो त्यो परिक्षा भन्ने जिनिस सकिए पछि त आइ हाल्छु नि ।साइला दाइ लाइ मैले चिठि पठा' थिए केरे पाउनु भयो भयेन कि हल्कारा को झोला बाट नै हरायो । कुरो मैले बुझिन । लौ चौपारि मा तिर कुमारि पनि आउनु भएछ , अहिले त नेपालि पनि लेख्न जान्ने भएको म बधाइ छ । चित्रे दाइ र मिस मिलेर स्कुल चलाउन थाले पछि त केटकेटिहरु पनि धेरै आउन थाले छन ।किलासा' बस्ने थाम को पनि खाँचो पर्न थालेको छ रे भन्ने सुनेको थिये । अनि बबे दाइ को लागि मिस ले प्रौढ किलास पनि सुरु गर्ने कुरा गर्नु भएको थियो कता तिर पुग्यो कुरो ।बबे दाइ जहिले गाँजा खाएर हिडने के प्रौढ पढन जानु हुन्थ्यो होला र , जति बेला पनि रिम रिम भयेर बस्नु हुन्छ । आज त मैले माथि मिस को घर् मथि को गाजा को बोट लाइ जरै देखि काटेर काँध मा बोकेर उकालो लाउदै थिए ।सिरे, काका, पू्न्टे दाइ लाइ चौपारि मा बोलाउन लाइ आउने बनाउन लामो समय सम्म चौतारि जोगाउने संरक्षक को रुप सम्मान पो गर्ने हो कि । अनि त चौपारि मा नआएर सुख । मेरो बिचार कस्तो लाओ कुन्नि तपाइ हरु लाइ । मेरो रोल नम्बर १३ - हाजिर अर्नु है मिस केहि दिन गयल भए पनि । लौ आज लाइ बिदा पाम गाम्ले हरु । आउदा जाँदा लाम्ला पिरति..................
Read Full Discussion Thread for this article