Posted by: world_map May 27, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ए तिर कुमारी! स्वागत छ है चौतारीमा, नेपालीमा लेख्न पनि सिकिछौ। त्यो देखिएको बोर्ड चौतारी ईस्कुलको साईनबोर्ड हो, मुनि पट्टी बिद्यार्थीहरूको नाम लेख्याछ। दायाँतिरको सानो घर चैं कक्षाकोठा हो। चौतारीमा लामो र रमाइलो गफ गर्ने व्यक्तिहरू जस्तै सिरे, काका, पू्न्टे दाइ आदीको अनुपस्थितिको कारणले चौतारीको स्तर खस्कँदै गाको भन्ने उजूरी लालु पर्साद ज्यू (लाले) बाट भएको हुनाले उहाँहरूलाई चौतारीतिर पुन: उन्मुख कसरी गराउने भन्ने बारे छलफल गर्न म दादा, भौते काजी र मास्टर्नी दिदीको तीन सदस्यीय "हौसला टोली" गठन गरी उहाँहरूलाई चौतारीमा फर्काउने प्रस्ताव राख्न चाहन्छु।
Read Full Discussion Thread for this article