Posted by: world_map May 27, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
चौतारी! चौतारी! चौतारी! कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो। चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:- नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब, पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे ,मास्टर्नी दिदी , ठुल्नानि, पिरती, हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने आदी सबैलाई म चित्रेको हार्दिक स्वागतम् म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु। होइ हाSS हाSS हाSS सानोमा सानो भन्दा मा रोसीमा खोलाले बगायो गएको हिउँदमा देखेको सानी अईले पो मलाइ छक्कायो हाम्रो त बाजे को पालामा बाजे ले भन्थ्यो हेर केटा बिहानी दिउँसोमा बाख्रामा हेर बेलुकी भैँसिको कुँडोमा हेर एककोरी बर्समा पुगिमा सक्यो अब त यस्सोमा घरबार हेर जुत्तामा हेर्दामा ठुलो हेर बुहारी हेर्दामा सानो हेर आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
Read Full Discussion Thread for this article