Posted by: Bhaute May 25, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
:-) :D ए बबदाइ, धेरै हल्ला नगर के। फेरि गामका मुन्छे उठ्लान। लोउतन्त्र आ'सि त गामका मुन्छे बाठा भए। पैला भे' त धेरै गाँजा खायो भने समा'र पुलिसलाई बुझाउँथे। अचेल त बाँधेर सिधै मुग्रोले बजाउनथाल्छन, धोबिनीले कपडा बजारे जस्तै। पुन्टेदाइको कपाल त्यै गाँजा खायो भनेर गामका आइमाइले उखेलेर गञ्जरको डाँडो जस्तो बनाका त हुन् नि। :p :p बरु खै सुटुक्क एउ सर्को तानुम न म पनि। :-) आहा, किलास त हाम्रोमा पो मज्जाले जम्ला जस्तो छ के रे नि त। बबदाइ एक लम्बर भैहाले, म भउते हुँदै भए, फेरि उता जिम्माल बुढा उस्तै। अब सिरेलाई पनि प्रौढ कक्छे जइन गर्न भन्नु परो। अनि किलास त शिवजीको कैलास जस्तो रमझम-रमझम हुन्छ। :-) अब लडाईँ भनेको त्यस्तै हो हेर बबदाइ। गाँजा खाको मुन्छेसँग लडेर हारे पनि बेइजेत, जिते पनि बेइजेत। हारे हार्यो भनेर बेइजेत। जित्यो, गँजडीलाई जितेर नाक फुलाउँछ भनेर कुरा काट्छन, झन ठूलो बेइजेत। :-) -भउते
Read Full Discussion Thread for this article