Posted by: rhishi May 24, 2006
Login in to Rate this Post:
0
?
शिरीश जी ।
धन्यवाद साथै स्वागत पनि ! यहाँले नेपालगंज सम्झिदिनुभो, दिल गार्डेन-गार्डेन भयो मेरो त । अनि धुम्बोजीको सेकुवा मात्र खाइयो त ? त्रिभुवन चोकमा चाट चाट्नु भएनछ । अरे एकबार चाटके देखा होता भुलेक् चान्सै नारहत् । क्षमा पाउँ अवधी बोल्न आइहाल्छ । अनि टाँगा चढेर रुपैडिहा गइएन त । तपाईंले फेरी मेरो सम्झनालाई नेपालगंज पुराइदिनुभयो, धन्यवाद । सेकुवा, चाट, टाँगा, गर्मी आदि राखेर फूर्सदमा एउटा कविता लेखौंला पछि ।
गौतम जी । धन्यवाद । साथै यहाँलाई स्वागत पनि छ यो धागोमा ।
नेपाली पद्य-साहित्यमा मौलिक शास्त्रिय छन्दको प्रभाव हिन्दीमा भन्दा बढी भएको जस्तो लाग्छ मलाई। हिन्दि कविताहरु उर्दू साहित्यको गजल बिधाबाट बढि प्रभावित देखिन्छन् । संस्कृत भाषाबाटै जनीत अन्य भाषाहरु जस्तो मैथिली वा अवधि भाषामा हिन्दिमा भन्दा बढी शास्त्रिय छन्दको प्रयोग भए जस्तो लाग्छ मलाई । यस बिषयमा बढी ज्ञान नभएको हुँदा यसलाई यहिं थाँती राख्नु नै वेश होला।
वास्तवमा छन्द भनेको कविताको लय हो, flow हो। यसर्थमा सबै कविताहरु छन्दबद्ध हुन्छन् । अत: छन्द बिना कविताको कल्पना नै गर्न सकिंदैन । शास्त्रिय वा लोक छन्द प्रयोग नगरिएका कविताहरुले मौलिक छन्द बोकेका हुन्छन् जुन कविको सृजनशिलतामा भर पर्छ र यस्ता कविताहरु लेख्न गाह्रो पनि हुन्छ र यिनीहरु बढि ससक्त पनि हुने गर्छन्। कवि भूपी शेरचनका थुप्रै कविताहरु आफ्नै मौलिक छन्दमा छन् अनि तपाईंका कविताहरु मौलिक छन्द मै भएको पाउँछु म त ।
खैर शास्त्रिय छन्दका बारेमा जिज्ञाशा राख्नु भएकोमा धन्यवाद । म आँफै पनि भर्खर सिकारु भएको हुनाले मैले जानेका छन्दहरुका बारेमा बिस्तारै यो धागोमा बयान गर्दै जानेछु । मलाई सबै भन्दा सजिलो लाग्ने छन्द शिखरिणी छन्द हो। कविशिरोमणीको चरीको बिलाप यहि छन्दमा लेखिएको छ । छन्द परिचयको शुरुआत यसैबाट गरौं ल ।
शास्त्रिय छन्दमा कविता लेख्दा बिशेष ध्यान पुर्याउनु पर्ने कुरा हो श्लोक (STANZA) । हरेक श्लोक चार लाइनले बनेका हुन्छन् । अन्य प्राविधिक शब्दहरु पनि प्रयोग गरिन्छ क्यारे लाइन र यसका छुट्टा-छुट्टै भागहरुलाई । त्यस पछिको महत्वपूर्ण कुरो हो स्वर जसलाई मात्राले नियन्त्रण गर्छ । छन्दका परिभाषाहरुमा स्वरलाई ऽ, ।, र x ले denote गरिन्छ । यहाँ ऽ ले लामो स्वर अर्थात ‘गुरु’ जनाउँछ भने । ले छोटो स्वर अर्थात ‘लघु’ जनाउँछ । तेस्तै x ले ‘गुरु’ वा ‘लघु’ जे भए पनि हुने जनाउँछ ।
अब जाँऊ शिखरिणी छन्दमा । यसमा हरेक लाईनमा १७ अक्षरका हुन्छन् अनि श्लोक बाचन गर्दा ६-६ अक्षरमा हल्का रोकिंदै बाचन गर्नु पर्ने हुन्छ । यसको composition निम्नानुसार हुन्छ:
।ऽऽ ऽऽऽ, ।।। ।।ऽ, ऽ।। । ऽ
यसलाई उदाहरण स्वरूप लेखनाथ पौडेल को चरीको बिलापको पहिलो श्लोकको पहिलो लाइनसँग दाँजेर हेरौं:
शिकारी कोझम्टा तनबि चपरेथ् योजब अ नि
।।ऽ ऽऽऽ ।।। ।।ऽ ऽ।। । ऽ
माथिको लाइनको पहिलो चरण ‘शिकारी’ दोस्रो चरण ‘कोझम्टा’ तेस्रो चरण ‘तनबि’ चौथो चरण ‘चपरेथ्’ पाँचौ चरण ‘योजब’ तेसपछि ‘अ’ लघु र ‘नि’ गुरु । ध्यान दिनु पर्ने कुरो के भने हरेक लाइनको अन्तिम ‘पद’ लघु लेखे पनि गुरु हुन्छ । तेस्तै आधा अक्षर जस्तो माथिको चौथो चरण को अन्तिम को ‘थ्’ को ध्वनी त्यो भन्दा अघिल्लो पुरा अक्षरसँग मिसिंदा यदि अघिल्लो पद लघु हो भने तेसलाई गुरु बनाउँछ ।
यसरी माथिको लाइनलाई शास्त्रिय छन्द अनुसार वाचन गर्दा:
‘शिकारीको झम्टा’ (स्यानो ब्रेक) ‘तनबिच परेथ्’ (स्यानो ब्रेक) ‘यो जब अनि’ हुन आँउछ ।
अब सरसर्ती पुरा श्लोक हेरौं
शिकारी कोझम्टा, तनबि चपरेथ्, योजब अ नि
।ऽऽ ऽऽऽ ।।। ।।ऽ ऽ।। । ऽ
चरीबोल् योचींचीं, गरिक नकठैव्, याकुल ब नी
।ऽऽ ऽऽऽ ।।। ।।ऽ ऽ।। । ऽ
ममर्ने बेलाभो, तरम नुजतिम् , रोमनु ज ता
।ऽऽ ऽऽऽ ।।। ।।ऽ ऽ।। । ऽ
कताभाग् योत्यस्को, भरस कबुझे, हैतिमि प ता ॥
।ऽऽ ऽऽऽ ।।। ।।ऽ ऽ।। । ऽ
तल यहि छन्दमा लेखेको मेरो एउटा कविता टाँसेको छु ।