Posted by: rhishi May 24, 2006
MERO KAVITA -RHISHI
Login in to Rate this Post:     1       ?         Liked by
"साहित्य समाजको दर्पण हो" भनेर कुनै साहित्यकारले भनेका थिए रे । तर यो उद्गारले मलाई साहित्यमा सम्मोहन गरेको भने हैन । आज भन्दा १४-१५ वर्ष अघि हाई-स्कूलको बिद्यार्थी छँदा नेपाली पढाउने एकजना गुरुले भन्नु भएको रमाइलो कुरो मेरो कविता लेखनको कारक बन्न पुग्यो । गुरले यौवनावस्थामा प्रेम-पत्र वा कविता नलेख्ने ब्यक्ति मानसिक रुपमा असन्तुलित हुन्छ रे भन्नु भएको थियो। मेरो युवा दिमागमा गुरुका यी उद्गारहरु ब्रह्मास्त्र भै बज्रिए, फलत: म कविता अनि प्रेम पत्र दुवै लेख्न थालें ।मेरा कुनै पनि प्रेम पत्रहरु आदर्णिय डा. दिपक खडकाको 'च्यात्न नसकेको' चिठी बन्न सकेनन्‌ । विचरा सारा का सारा चिठीहरु फक्रन नपाई च्यात्तिए । पछि-पछि त मैले कल्पनामा पनि त्यस्ता पत्रहरु कोरिंन । तर कविता लेख्नु चैं मेरो शौख बन्दै गयो। मेरो अघिल्लो धागो जुन मैले जन-आन्दोलन २०६३ र लोकतन्त्रका लागि समर्पण गरेको थिंए, त्यसमा म पछि पछि पनि त्यहि विषयमा कविताहरु टाँस्ने नै छु । यो धागो चैं मैले अन्य कविताहरु, जसले प्रेम, विरह, वैराग आदि भावहरु प्रतिबिम्बित गर्छन्‌ तेस्का निम्ति प्रस्तुत गरेको हुँ । यस धागोमा मेरा सवै कविताहरु क्रमश: टाँस्दै जाने जमर्को गरेको छु । कविता पढ्ने आदर्णिय बिद्वान पाठक महानुभाव हरुबाट समालोचनात्मक हौशला को अपेक्षा पनि गरेको छु । हाललाई मेरो पुरानो कविता शिर्षकको कविता:
Read Full Discussion Thread for this article