Posted by: gaalab May 16, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
भउते, ती दादा नाउका मात्तै दादा हुन्। अस्ति भख्खर तिन्का घराँ बास माग्न पुग्याथें। अइलेको नेपालाँ भा'भे माउवादी भनेर भित्र पस्न दिन्थेनन् पक्का। जे होस् यो देशमा माउको 'मा' पनि छैन र साँझका पाउना भनेर होला बास त दिए। रातभरि 'सञ्जु ! सञ्जु!!' भनेर सुत्न देनन् गाँठे। उन्लाई बालखकालको पिर्तीले फेरि सता' जस्तो छ। लोउतन्त्रको कुरा गर्नी हो भने, अब गिरिजा पैलोपल्ट पर्धानमन्त्री हुँदा नेपाल छोडेका मान्छे, नेपाललाई अँझै उही नेपाल देख्तैछन्। साउनमा आँखा फुट्या किसानले सँधै पानी परेको भान गर्छ भन्थे :), तेस्तै भो। तेसपछि बाग्मत्तीमा कालै सही कति पानी बगिसको, गिरिजा कति चोटी त्यो कुर्चीबाट गिरेर फेरि उक्लयो, औंलामा गन्नै सकिंदैन। त्यही भएर उनको लोउतन्त्र नेपाल भनेको अर्कै छ। खै अइले अड्डातिर हिंड्या होलान्। अस्ति फोनाँ गफ भाथ्यो। सबै सकुसल छ भन्थे। अर्को हप्तातिर भेट हुन्च फेरि। गगनथापाका जस्ता भाषन गरेर यिनलाई लाइनमा ल्याउँचु।
Read Full Discussion Thread for this article