Posted by: gaalab May 16, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
ब्रजेश खनाल (काठमाण्डौ) कर्फ्यु लाग्छ रे रातिदेखि नै कर्फ्यु लाग्या छ रे भन्थे तर खै त पहाडले धेरैबेर छेक्न सकेन कालो आकाशलाई च्यातेर उज्यालोको किरण छलेर घाम त उदाएरै छोड्यो कर्फ्युले घामलाई छेक्न नसक्ने रहेछ रातिदेखि नै कर्फ्यु लाग्या छ रे ननिक्लनु है भन्थे तर खै त चराहरु त चिरबिर चिरबिर गर्दै झुन्ड झुन्डमा चारो खोज्न उडेरै छोडे कर्फ्युले भोको पेटलाई रोक्न नसक्ने रहेछ कर्फ्यु लाग्या छ रे चुपचाप बस्नु, हल्ला नगर्नु रे भन्थे तर बिहानी भएको संकेत गर्दै रात सकियो है अनि दिन आउँदैछ भनेर भालेहरू बासेरै छाडे कर्फ्युले जागरनको आवाजलाई पनि छेक्न नसक्ने रहेछ । http://www.nepalikavita.com/
Read Full Discussion Thread for this article