Posted by: Gautam B. May 16, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
चौतारी त सूनसान पो रैच गाँठे। आफू पनि तेत्ति आम्न पा'को हैन, तर नआए पनि अड्डाको झ्यालबाट च्या'एर हेरिराख्या' छु है। को को चौतारीमा आएर के के गर्छन् सप्पै देख्या छु। कल्ले चौतारीमा लुकेर शिबबूटी खायो, को पुतलीको भट्टीबाट उडा---न भएर आ'र चौतारीमै लड्यो,कल्ले बरको बुटा' आड लागेर चौतारीमै तुर्क्यायो सप्पै देख्या छु। बेलामौकाँ' कुरा गरम्ला। देशमा लौतन्तर (लोकतन्त्र) आम् कि नआम् गरिरा'छ। कसै कसैले त लौतन्तरको थुतुनो सम्म त देखा परेकै हो, अब पूरै जीउ पनि आम्छ भन्थे। थुतुनो देखाएर लोभ्याउने अनि बेला भएसी' मु..नो देखाएर हिन्ने गरेर नेपालीलाई लौतन्तरले धेरै पटक छक्याईसक्या' छ। यसपाला के हुनी हो कुन्नि!
Read Full Discussion Thread for this article