Posted by: rhishi May 16, 2006
लोकतान्त्रिक कविता !
Login in to Rate this Post:     0       ?        
बुद्ध-जयन्तीको अवसरमा लेखिएको माथिको कवितालाई साफी गर्दै पुनर्लेखन गर्ने प्रयास गरेको छु ! आऊ-आऊ ! बुद्ध ! हाँसी मुसुक्क ॥ ठूला - ठूला युद्धले त्रस्त सारा खोला नाला रक्तले लाल लाल मर्थे मान्छे ब्यर्थको काट - मार बुझ्नै गाह्रो युद्धका कार - वार ॥ बोकी खुँडा हातमा वीर भन्थे काटी दिन्थे शीरमा छेद बन्थे मर्थे मान्छे ब्यर्थ बित्थै कसूर मानव्‌ता त्यो भाग्दथ्यो दूर-दूर ॥ शोला बन्दै बर्सने यत्र - तत्र घृणा मात्रै नेत्रका काप भित्र ‌कंगाली ती दरिद्रीले डसेका नैराश्यै ती दीन - दु:खी बसेका ॥ धर्ती माता खिन्न भै भार सारा बोकी हिंड्थिन्‌ पापको त्यो फुहारा पर्खी- पर्खी बुद्धको जन्मलाई धर्ती बस्थिन्‌ आस नौलौ जगाई॥ आए- आए बुद्ध ती पाप हर्न सारा धर्ती शान्ति सन्देश छर्न डाँडा-पाखा शान्ति नै गुञ्जियो त्यो ढाकी पारावार नै फैलियो त्यो ॥ आँकूरा ती शान्तिका फुट्न थाले हाँसो फक्रे पल्लवी झुल्न थाले घृणा भाग्यो, मूढता सुक्न थाले थुँगा ठूला प्रेमका फुल्न थाले ॥ सारा-सारा युद्ध ती दूर भागे निन्द्रा त्यागे मानसी साथ लागे नौला राम्रा व्योमले सप्‍तरंगी- ईन्द्रेनीको सृजना गर्न लागे ॥ नाशी चोला बुद्धले यो धरामा त्यागे धर्ती मोक्ष बाटो समाते देवै ठूला शान्ति पर्यायवाची सारा - सारा लोकले बुद्ध भाके॥ तुवाँलोले कालको यो धरामा ढाक्यो सारा बुद्ध सन्देश आज, धर्ती फेरी रुग्ण भो रुग्ण हेर दोहोरिंदा युद्धका कार – वार॥ घृणा फेरी फैलियो अन्न – धन्न बिझ्यो काँडा, प्राणमा सन्न - सन्न धर्ती रुन्छिन्‌, लाजले सुँक्क-सुँक्क आऊ, आऊ ! बुद्ध ! हाँसी मुसुक्क ॥ धन्यवाद अस्तु
Read Full Discussion Thread for this article