Posted by: Nepali Janta May 14, 2006
Babal Hune Bhayo
Login in to Rate this Post:     0       ?        
विश्‍वस्त सुत्र र एकजना माओबादि मित्रबाट थाहा भए अनुशार, माओबादिहरु पनि अघिल्लो दस बर्ष यता आफ्नो जनयुद्ध दबाउने सबै तात्कलिन सरकार र उच्च ओहदामा आसीन व्यक्तीहरुलाई कारबाहि गर्ने तयारिमा लागेका छन । हाल सरसकारले जन आन्दोलन दबाउनेलाई कारबाहि गर्न थालेपछि भोलिका दिनमा आफूलाई दबाउनेलाई पनि कारबाहि गर्न मार्ग प्रशस्त भएको कुरा उनिहरु बताउँछन । माओबादि मित्रबाट प्राप्त जानकारि अनुशार हाल उनीहरु एक दशक यता आफ्ना समर्थक र आफ्नो बिचारधारामा हिडेकाहरु उपर ज्यादति, धरपकड र क्रुर दमन गर्ने हरुको "कालो शुची" बनाउनमा व्यस्त छन । व्यक्ति बिषेशका नाम उनले नखोले पनि यस कालो शुचिमा निक्कैको संख्यामा "नाम वाला" हरु रहेका र त्यसमा अधीकांस बिगतका दस बर्षमा "सत्ता हाँकनेहरु" रहेको उनले खुलासा गरे । हालैको जन आन्दोलनले अधीकाशं नेपालि जनता आफ्नो पक्षमा रहेको दह्रो प्रमाण दिईसकेको र यसपछिको सरकार "आफ्नै" बन्नेमा मित्र निश्चिन्त देखिन्थे र आफूलाई व्यक्तिगत रुपमा "दु:ख" दिने तात्कालिन केहि उच्च पदस्थ व्यक्तीहरु अहिले अझै उच्च पदमा रहेको पनि उनले बताए । के उनिहरुमाथी "जन कारबाहि" हुन्छ भन्ने प्रश्नको उत्तरमा निजले , अब आफ्नै सरकार बन्ने भएकोले जन कारबाहि नभई कानूनि कारबाही नै हुने बताए तर आफ्नो सरकार बनेपछी हालका कानूनहरु सबै परिबर्तन हुने भएकोले त्यतिबेलाकै "जन कानून" अनुशारको सजाए हुने पनि निजले खुलासा गरे ।
Read Full Discussion Thread for this article