Posted by: HomLal May 12, 2006
4 Security Chiefs Suspended; 5 ministers arrested
Login in to Rate this Post:     0       ?        
त्यो हाब्रेलाई थुन्ने कुरा त ठीक हो तर के को आधारमा थुन्ने? सारा मन्त्री र सुरक्षाकर्मीका नाईकेहरु उसको अफिस वरिपरि हुन्थे भन्या सुनेको हो। त्यो उसको भन्दा नि अरुको कमजोरि भो नि हैन र? साईन्स कि टेक्नोलोजी के को उपाध्यक्ष हो क्यारे। पदको दुरुपयोग भनेर त कसरी थुन्न मिल्ला र? कि त भ्रष्टाचारको प्रमाण चाहियो। अनि टी. गिरीलाई थुन्न नि सजिलो छ जस्तो लाग्दैन। एक चोटि पत्रकार सम्मेलनमा हो क्यार तपाईको के छ भावि कार्यक्रम भन्दा "मेरो केहि कार्यक्रम छैन, म त राजाको कार्यक्रमलाई सहयोग गर्ने मात्र हो" भन्या छ। अब राजालाई छाडेर उसलाई या कुनै मन्त्रीलाई कसरी थुन्न मिल्छ र? केही उपाय त निकाल्लान एस.पी.ए केटाहरुले। हेर्दै जाम।
Read Full Discussion Thread for this article