Posted by: Mike Bibby May 12, 2006
4 Security Chiefs Suspended; 5 ministers arrested
Login in to Rate this Post:     0       ?        
Prajatantra Read the last paragraph जनआन्दोलन दबाउन गठित उच्चस्तरीय न्यायिक आयोगको सिफारिशमा तीन सुरक्षा अंगका प्रमुखलाई निलम्बन गरिएको छ। निलम्बनमा सशस्त्रका सहवीर थापा, जनपथका श्यामभक्त थापा र राष्ट्रिय अनुसन्धान विभागका देवीराम शर्मा रहेका छन्। प्रधानसेनापतिलाई भने संवैधानिक परिषदको सिफारिशमा कारवाही अघि बढाइने स्रोतहरुले बताएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो। आयोगले चारै सुरक्षा प्रमुहरुलाई निलम्बन गर्नका लागि सिफारिश गरेको ६ घण्टा नबित्दै सरकारले उक्त निर्णय लिएको छ। सुरक्षा प्रमुखहरुलाई निलब्न गरिएको सम्बनधमा शुक्रबार साँझ मन्त्रिपरिषदको बैठकबाट बाहिर निस्कँदै गर्दा अर्थमन्त्री रामशरण महतले सञ्चारकर्मीसँग यो निर्णय संसदलाई मात्र जानकारी गराउने बताउनुभयो। (550 pm NST)
Read Full Discussion Thread for this article