Posted by: Harkey May 12, 2006
4 Security Chiefs Suspended; 5 ministers arrested
Login in to Rate this Post:     0       ?        
It was about time. Read the following article from Kantipuronline.com. The Chief's daughter's marriage is planned more elegant than even the King's daughter. It will be five-day ceremony (wonder where all of the Nepal army staff will go to rather than defending villagers from Maobadis). The country is going through an immense struggle and this morone is out to show his full pomposity from his ill gotten money. Wonder how did he get all the resources to plan the greatest wedding in Nepalese history? केदार ओझा काठमाडौं, वैशाख २८ - आधुनिक नेपालमा यस्तो सजधजपूर्ण विवाह कतिले देखेका होलान् र ? औंलामा गने पुग्नेहरू यस्तो भोजका अनुभवी होलान् । वा यस्तो जन्ती गएका होलान् । काठमाडौंका सम्भ्रान्त परिवारहरूमाझ यस्तो रौनकपूर्ण विवाह जिन्दगीमै मुस्किलले देखिने गाइँगुइँ चलेको छ । शान र सौकतका हिसाबले काठमाडौंमा कीर्तिमान कायम गर्ने भाग्यमानी बेहुली हुन् प्रज्ञाश्री थापा । उनी शाही नेपाली सेनाकी क्याप्टेन दर्जाकी चिकित्सक हुन् जो पोखरामा कार्यरत छिन् । उनले त्यस्तो विवाह के आँट्न सक्थिन् ? तर बाबुआमा त्यस्तो खर्च बेहोर्न सक्ने हैसियतमा छन् भने बेहुली किन तयार नहोऊन् ? बेहुलीका बाबु प्रधानसेनापति छन् भने त विवाहको तौरतरिकै बेग्लै हुने भयो । हो, प्रधानसेनापति प्यारजंग थापाले तीनमध्ये कान्छी छोरी अन्माएर पठाउन किन केही कसर छोड्ने ? त्यसमाथि बेहुला मिलेका छन् भारतको एक पूर्वराजघरानाका सदस्य । गुजरातको बडोदाका प्रतापसिंह राव बेहुला बनेर काठमाडौं भित्रिसकेका छन् । प्रधानसेनापतिको सरकारी निवास ललितपुरको शशीभवनमा बिहीबार 'पूर्व स्वयंवर' समारोह सम्पन्न भइसकेको छ । त्यो समारोहमा भएका मात्र जन्ती हुन् भन्ठान्यो भने यो विवाहको महत्त्वलाई रौं बराबरको ठानेसरह हुन्छ । हुन त यही समारोहका लागि शशीभवन भित्रिएका दर्जनौं गाडी देखेर छिमेकीहरू चकित भइसकेका छन् । बेहुलीघर आफैं बेहुलीझैं सजिएको छ । मयुर, मृग, बँदेल, हाँस, दुर्लभ चराहरू पालिएको शशीभवन दुई हजारभन्दा बढी सैनिकहरूले चिटिक्क सिँगारेका छन् । भारतबाट जेट एयरका तीन चार्टर्ड विमानबाट 'कोभन्दा को कम' खाले जन्ती आएपछि विवाहको माहोल बेग्लै हुनेछ । भोज कतिवटा छन् भन्ने यकिन जानकारी कमैलाई छ । शुक्रबार हुने स्वयंवरदेखि भोजको सिलसिला पाँच दिनसम्म लगातार राजधानीका विभिन्न आकर्षक केन्द्रमा चल्नेछ । भोजहरूको सामान्य गन्ती र अनुमान गर्दा कम्तीमा १२ हजारलाई उत्कृष्ट भोजनको प्रबन्ध गर्नुपर्नेछ । खासमा भन्ने हो भने पहिलाको योजना नौ दिनसम्म विवाहका कार्यक्रम निर्धारित थिए । 'पछि किन हो, चार दिन घटाइयो,' व्यवस्थापनमा खटिएका एक सुरक्षा अधिकारी भन्छन् । विवाह भोजका लागि शशीभवन, बबरमहल रिभिजिटेड, हयात होटल, आर्मी अफिसर्स क्लबलगायतका स्थान तोकिएका छन् । प्रधानमन्त्री, मन्त्री, नेता, कूटनैतिक नियोगका पदाधिकारी, उच्च पदस्थ कर्मचारी, आफन्त, बहालवाला र पूर्वसुरक्षा अधिकारीहरूलाई अलग-अलग स्थान र समयमा भोज र आशीर्वादका निम्ति आमन्त्रण गरिएको छ । शुक्रबार साँझ जन्तीका लागि बबरमहलमा भोज चलिरहेका बेला करिब एक हजार 'विशिष्ट पाहुना' बेहुलीघरमा हुनेछन् । राजदम्पतीसहित गन्यमान्यले बेहुलीलाई आशीर्वाद दिनेछन् । त्यतिखेरको भोजको परिकारका लागि निकै ध्यान पुर्‍याइएको अधिकारीहरू बताउँछन् । विवाहको मूल कार्यक्रम भने आइतबार हुँदैछ । परम्पराअनुसार विवाह सम्पन्न भएपछि त्यही दिन राति शशीभवनमै भारतबाट झिकाइएका शास्त्रीय नर्तकीहरूले 'मुजरा' देखाउने छन् । मुजरा नृत्यका लागि ठूलो आकारको गोलो चकटीको विशेष प्रबन्ध गरिएको छ । विवाहको समापन भने सोमबार साँझ हयात होटलमा हुनेछ जहाँ नेपाल र भारतका सबै विशिष्ट पाहुनालाई विशेष रात्रिभोज दिइँदैछ । 'त्यसमा करिब तीन हजार जनासम्म पाहुना हुनेछन्,' अर्का सुरक्षा अधिकारी भन्छन् । भारतबाट आउने कम्तीमा चार सय जना जन्तीलाई एकै ठाउँ राख्न सम्भव छैन । विभिन्न पाँचतारे होटलका कोठा बुक गरिएका छन् । त्यही कारण होटल सोल्टी र हयातका क्रमशः ८० र ५० वटा कोठा लिइएका छन् । के बिर्सन हुन्न भने सुविधासम्पन्न भीआईपी स्विट कोठाहरू सबैजसो रिजर्भ गरिएका छन् । सुरक्षा निकायका उच्च पदस्थ र सम्भ्रान्तहरूबीच भोजको निम्ता पाए/नपाएको खुबै खुल्दुली फैलिएको छ । सेनाका एक पूर्वअधिकारीले आफूलाई निम्तो आएको बताउँदा 'यस प्रकारको ठूला र भव्य भोजको तयारी राजदरबारबाहेक अन्यत्र अनुभव नगरेको' खुलाए । यस्तो ऐतिहासिक भोजको आनन्द लिँदा ऐन-कानुन बिर्सिदिनुपर्छ । कानुन पालना गर्ने हो भने त जेलै परिन्छ । सामाजिक व्यवहार सुधार ऐनले विवाह, व्रतबन्ध, पास्नीजस्ता सामाजिक उत्सवमा ५१ जनाभन्दा बढीलाई जन्ती बोलाउन र भोज खुवाउन प्रतिबन्ध गरेको छ । 'उल्लंघन गर्ने जोकोहीलाई दण्डित गर्दै जेलसमेत पठाउन सकिन्छ,' एक प्रमुख जिल्ला अधिकारी भन्छन् । प्रधानसेनापति मात्र किन ? आफू प्रमुख भएकै मौका पारेर यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू क्रमशः श्यामभक्त थापा र सहवीर थापाले यही वर्ष हजारौं पाहुनालाई आफ्ना छोरीको विवाहमा सत्कार गरेका थिए । संयोगै हो, तीन सुरक्षा निकायका प्रमुखहरूको छोरीको विवाह भोज लहरै खान पाउनेहरूको संख्या भने धेरै छैन होला ।
Read Full Discussion Thread for this article