Posted by: rhishi May 12, 2006
लोकतान्त्रिक कविता !
Login in to Rate this Post:     0       ?        
“चोरको मोज, शूलीमा साधु” अहो किन यस्तो भो ? पानी महँगो भयो धेरै, श्रम्‌को पसिना सस्तो भो ॥ अन्धेर नगरी, चौपट्टे राजाको कथा जस्तो भो ॥ सहनु सहे अतिमा खति हुन्छ - हुन्छ जस्तो भो ॥ चुनिई जाने नेता सबै निकम्मा हुँदा यस्तो भो ॥ सत्ताको भोका सबै हुँदा जन्ताको हुर्मत् ‌कस्तो भो !! गिद्धले सीनु लुछेझैं यीन्को आँखामा स्वप्ना बस्दो भो ॥ कुर्सीमा हत्ते नेताको, सहिद्को रगत् ‌सस्तो भो ॥ तुरिनै लागेथ्यो सपना, फक्रेला आज जस्तो भो ॥ लुटाहा, फटाहा, मुसो त्यो, जालमा आज फस्दो भो ॥ उर्लदा भेल जन्ताको, सामन्त चुप्‌चाप बस्दो भो ॥ कसेर मुट्ठी उठेमा अझै दर्वार् - ‌जीर्ण खस्दो हो ॥
Read Full Discussion Thread for this article