Posted by: Yahoooooo May 12, 2006
पूर्व गृहमन्त्री कमल थापा गिरफ्तार
Login in to Rate this Post:     0       ?        
तीन सुरक्षा प्रमुखहरु निलम्बित, प्रधानसेनापतिका बारेमा संवैधानिक परिषदले निर्णय लिने जनआन्दोलन दबाउन गठित उच्चस्तरीय न्यायिक आयोगको सिफारिशमा तीन सुरक्षा अंगका प्रमुखलाई निलम्बन गरिएको छ। निलम्बनमा सशस्त्रका सहवीर थापा, जनपथका श्यामभक्त थापा र राष्ट्रिय अनुसन्धान विभागका देवीराम शर्मा रहेका छन्। प्रधानसेनापतिलाई भने संवैधानिक परिषदको सिफारिशमा कारवाही अघि बढाइने स्रोतहरुले बताएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो। आयोगले चारै सुरक्षा प्रमुहरुलाई निलम्बन गर्नका लागि सिफारिश गरेको ६ घण्टा नबित्दै सरकारले उक्त निर्णय लिएको छ। सुरक्षा प्रमुखहरुलाई निलब्न गरिएको सम्बनधमा शुक्रबार साँझ मन्त्रिपरिषदको बैठकबाट बाहिर निस्कँदै गर्दा अर्थमन्त्री रामशरण महतले सञ्चारकर्मीसँग यो निर्णय संसदलाई मात्र जानकारी गराउने बताउनुभयो। छोरी विवाहका लागि भारतबाट जन्ती आएको बेला सरकारले प्रधानसेनापति थापालाई पदबाट निलम्बन गरेको छ। थापाको छोरीको विवाहका लागि अहिले भारतबाट आएका दुलाहा सहितका जन्तीहरु काठमाडौंमै छन्
Read Full Discussion Thread for this article