Posted by: Kapan bashi May 10, 2006
Jana Aandolan Upachar Kosh
Login in to Rate this Post:     0       ?        
हत्याको धम्की कास काठमाडौं, वैशाख २७ - कलाकार हरिवंश आचार्यले आफूलाई अज्ञात व्यक्तिले फोन गरी ज्यान मार्ने धम्की दिएको बताएका छन् । उनलाई ९८०३१८००८४ नम्बरको मोबाइलबाट बुधबार ज्यान मार्ने धम्की आएको थियो । आचार्यका अनुसार सुटिङमा रहेका बेला घनश्याम नाम बताउनेलेे डा. हेमाङ्ग दीक्षितलाई आफूले गोली हानेको जनाउँदै तत्काल भेट्न भनेको थियो । 'मैले काम छैन म भेट्दिन भन्दा उसले दीक्षितको हालत बनाउने भन्यो,' आचार्यले भने, 'मलाई आएको फोनको विषयमा प्रहरीलाई जानकारी गराएको छु ।' एसपी दीपक रञ्जितका अनुसार आचार्यले जानकारी गराएको नम्बरको पहिचान भइसकेको छ । source:http://www.kantipuronline.com/kol/nepali/kolnews.php?&nid=73344
Read Full Discussion Thread for this article