Posted by: Nepe May 10, 2006
Nepe and Ashu
Login in to Rate this Post:     0       ?        
Uncle Kunsang is talking about symbolism of royal statues. However, the point is the same. - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=73274 यी प्रतीक मनोवैज्ञानिक ढङ्गले प्रजामाथि थोपरिने हीन भावनाका सशक्त मुहान हुन् । यिनले हाम्रो मानसलाई कब्जा गर्छन् । हाम्रा कलिला संवेगलाई गाँजेर, कुल्चेर र ठोकेर आफ्नो स्वार्थ सुहाउँदो आकारमा ढाल्दै हामीलाई आत्मिकरूपले पामर, पङ्गु र चाटुकार बनाउँछन् । यो संस्कारीकरणको चाप सचेत तहमा हामीलाई अनुभव हुँदैन । शासकका सालिक र तिनका नाम थोपरिएका वस्तु नित्य देखिरहँदा र तिनका स्तुति हर्दम सुनिरहँदा हाम्रा मानसमा यी ठूला, हामी साना, यी जान्ने, हामी नजान्ने, यी धनी, हामी गरिब, यी शक्तिशाली, हामी लुतुरे, यी भाग्यमानी, हामी अभागी, यी भगवान्का औतार, हामी धूलाका कण, यी जन्मजात शासक, हामी जन्मजात शासितजस्ता हीन भावनाको एक संरचना बन्छ । २ सय ३७ वर्ष होइन, हजारौं वर्षदेखि राजाहरू हाम्रो यही हीन भावनामाथि शासन गर्दै आएका छन् । त्यसैले यी प्रतीक, वस्तुमा थोपरिएका यी नाम र स्तुतिका यी पोथा राजतन्त्रको अस्तित्वका लागि शाही सेनाका लाखौं बन्दुकभन्दा पनि प्रभावकारी अस्त्र हुन् ।__
Read Full Discussion Thread for this article