Posted by: Nepe May 8, 2006
Nepe and Ashu
Login in to Rate this Post:     0       ?        
Shirish, I think he will run a PROXY contest through Girija. यसबारे मेरो विचार अलिकति यहाँ पनि छ: - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=31516 दरबारको चलखेल हुन सक्ने संभावना ? चलखेलको संभावना होईन अवश्यम्भाविता छ । तर यो चलखेल "सक्रिय राजतन्त्र" को वा "२०४७ साल" को यथास्थिति कायम राख्ने कठोर नारामा नभएर कथित "सेरेमोनियल राजतन्त्र" कै नरम नारा अन्तर्गत हुनेछ । जनआन्दोलनको बलले राजतन्त्र अहिले मृतप्रायः देखिए पनि हाम्रो विडम्वना के हो भने अहिले सत्तामा जुन व्यक्ति छन् उनी राजतन्त्रलाई जोगाईराख्न चाहने व्यक्ति हुन् । यीनैको समुहलाई माध्यम बनाएर दरबार ले "सेरेमोनियल राजतन्त्र" को आवरणमै यसको परासम्वैधानिक शक्ति जगेर्ना गर्दै राजकाजमा २०४७ यता भन्दा अलि परोक्ष परन्तु समान नियन्त्रण र प्रभाव राख्ने रणनीतिकासाथ खेल खेल्नेछ । यसको लागि दरबारको पहिलो चाल हुनेछ जनआन्दोलनको चाहना लोकतान्त्रिक गणतन्त्र नभएर अन्यथा नै थियो भनेर स्थापित गर्नु । सातदलीय मोर्चाका यथास्थितिवादी घटक र समुहहरुले जनआन्दोलनको जनादेशलाई आफुखुशि तोडमोड गर्न शुरु गरेर दरबारको पहिलो चाललाई मद्दत पु-याईरहेका छन् । प्रधानमन्त्री कोइरालाले राजाबाट सपथ ग्रहण नगर्न गरिएको जनमागलाई र यसको सांकेतिक अर्थलाई लत्याएर जनादेशको पहिलो अवज्ञा गरिदिए । आगामी दिनहरुमा यथास्थितिवादी कोइराला समुह र पुनर्जीवनको आशावादी राजाका बीच अव्यक्त घनिष्टता बढ्दै जाने निश्चित छ । यी सब विकासहरुले एउटा नयाँ र परिमार्जित ध्रुविकरण लेराउने छ "गणतान्त्रिक मोर्चा" भर्सेस "गणतन्त्र विरोधी मोर्चा" को द्धन्दको रुपमा । दरबार को कोशिस हुनेछ- यो ध्रुविकरणलाई सकेसम्म अस्पष्ट बनाएर गणतन्त्र विरोधी मोर्चालाई सेरेमोनियल राजतन्त्रको नरम छविको लाभ दिलाउनु । छोटकरीमा, दरबारको चलखेल पुराना भारदारलाई अघि सारेर नभई कोइरालाको राजमैत्रित्वको अधिकतम लाभ उठाउने चालमा हुनेछ । ___________
Read Full Discussion Thread for this article