Posted by: USNepali May 6, 2006
Sagarmatha TV
Login in to Rate this Post:     0       ?        
Hey khanal raju, Discussion, criticism, chhed chhad is ok. But I think you are big JOKE and lyer, because this article was written by Vinod Kumar Nepal. But you posted by deleting writer's name and made up "by Ram Kharel? Why are you trying to misleading people ? And why are you so after this Kharel and Sagarmatha Television? Is he your jar or Arisale jaleko? Try to do better than them and only bark bark OK?I suggest you to read the following email OK? Subject: Reaction to the news against Sagarmatha Television From: "vinod kumar nepal" vinodkumarnepal@yahoo.com Date: Wed, May 3, 2006 8:57 pm All head of Department, I am a Nepali journalist and would not like to write, air or do nothing agaist Nepali media running in United States. Few weeks back, I found a news on Nepalipost.com and Sajha.com which was totally explained against Ram Kharel and Sagarmatha Television, which was totally wrong critics and bad intention I learnt. I hope any media will not express such a criticism in the days to come. I have written an article with Ram Kharel's reaction against that publicity. Hope you will study and publish or air at your esteemed media.I always appreciate if you have any comment. Thank you for your kind cooperation and understanding. Sincerely, Vinod Kumar Nepal बिष बमन गरेर के फाइदा ? विनोद कुमार नेपाल श्री ५ ज्ञानेन्द्रको आहृवान मार्फ संसद पुनर्स्थापनापछि सात राजनीतिक दलका नेताहरुको चरित्रले जहाँ गुलियो त्यहिं बाहुन भुलियो भन्ने उखान यतिखेर स्पष्ट पारेको छ । भ्रष्टाचारी, दुराचारी, देशद्रोही, जनतामारा, दरवार हत्याकाण्डका मतियार तथा महाकाली संन्धी गरी नेपालको राष्ट्रियता विखण्डन गर्ने, टनकपुर सन्धी गरी सर्वोच्च अदालतलाई ढाट्ने, तत्कालिन राजा बीरेन्द्रको सुरक्षाको सम्पर्ूण्ा दायित्व भएको प्रधानमन्त्री तथा रक्षामन्त्रीको कार्यभार भएका ब्यक्तिले दरवार हत्याकाण्डको जिम्मेवारीबाट पन्छने र दरवार हत्याकाण्ड ग्राण्ड डिजाइन मार्फ भएको भनी सारा विश्व जगतलाई गुमराहमा राख्ने र पजेरो, प्राडो विकृतिको विकास गरी मोटरका हैसियत नभएकाहरुलाई हवाई जहाज कम्पनीका मालिक बनाउने गिरिजालाई प्रधानमन्त्रीको घुम्ने मेचमा फेरी एक पटक आसिन गराएको छ । हुन त गिरिजा प्रसाद कोइराला घुम्ने मेचका अन्धा मान्छे नै हुन । विगतमा प्रधानमन्त्रीबाट हट्ने वित्तिकै उनले दरवार काण्डमा ग्राण्ड डिजाइन भएको बताएका छन् अव उनले त्यो ग्राण्ड डिजाइन कसले गरेर दरवार हत्या काण्ड भएको हो त्यसलाई र्सार्वजनीक गर्नु गिरिजा प्रसादको पहिलो काम हुन आउँछ । गिरिजा प्रसाद कोइराला र शेर बहादुर देउवा भ्रष्टाचारका मुख्य नाइके हुन् । अन्य नेताहरु उनीहरुका पृष्ठपोषक हुन् । धमिजा काण्ड गरेर गिरिजाकी छोरी सुजाताको हैसियत बनोको र डडेलधुरामा हलो जोत्ने बाउको छोराले प्रधानमन्त्री भएकै भरमा काठमाण्डौमा २० करोडको घर बनाउने हैसियतबाट उनीहरु भ्रष्टाचारका नाइकेमा दरिएका हुन । चाहे उनीहरु त्यसको जिम्मेवारी लिउन या नलिउन, भ्रष्टाचारको जग ३० वर्षो पञ्चायतका नेता र्सर्ूय बहादुर, लोकेन्द्र बहादुर, मरिचमान, शरदचन्द्र शाह आदिले गरेका थिए भने, त्यसको कैयो गुणा बढी संस्थागत विकास गिरिजा प्रसाद तथा शेर बहादुरहरुले गरेका थिए । खर्ुसानी माईला अर्थात गोरखाका खर्ुसानी ब्यापारी चिरञ्जीवी वाग्ले, तनहुँका शिक्षक गोविन्द राज जोशी, दाङका खुम बहादुर खड्का आदिलाई अरवौं अरवको सम्पत्तिको मालिक बनाउने गिरिजा प्रसाद र शेर बहादुर देउवा नै हुन । यी सवै भ्रष्टाचारी तथा देशद्रोही र आतंकवादका मतियार तथा विदेशीका दलालहरुलाई गिरिजाले फेरी दुधले धोएर मन्त्री बनाउनेछन् । माओवादीहरुलाई विदेशी हतियार खरिद गर्नका लागि चाहिने रकम तिनै मतियारहरुले चन्दा स्वरुप दिँदा मुलुक आज रगतको आहालमा डुब्नु परेको यथार्थ सवैलाई जानकारी भएकै हो । नेपालमा लोकतन्त्र स्थापनाका लागि नेपाल बाहिर बस्ने नेपाली र नेपालका शुभचिन्तक विदेशी मित्रहरुको सहयोगले ठूलै स्थान लिएको कुरा बताई रहनु पर्ने कुरा होइन्, त्यसमा पनि भारत र अमेरिकाको सहयोग बिना त्यो सम्भवै थिएन् । नेपालमा राजतन्त्र समाप्तितर्फ उन्मुख भएको भन्ने गलत कुरा हो, त्यो सम्भवै छैन्, गिरिजा प्रसादले प्रधानमन्त्रीको सपथ लिँदा पक्कै पनि राजतन्त्र हट्नेछ भनेका छ्रैनन्, राजाको नून खाएका गिरिजा प्रसाद त्यसको बर्खिलाप गर्नै सक्दैन्, त्यो धु्रव सत्य हो । झण्डै २ लाख जति सेना र पुलिसका कमाण्डर राजा ज्ञानेन्द्रलाई पितृ भइसकेको गिरिजा प्रसाद र तीनका सुण्डमुण्डहरुले नेपालबाट लखेटेर गणतन्त्र आउला र - गिरिजा प्रसाद र उनका पहरागणले नेपालमा गणतन्त्र होइन्, भ्रष्टाचारका लागि गाँणातन्त्र ल्याई नै सके । आन्दोलन पछिको मन्त्रिमण्डलमा को भ्रष्टाचार गर्न पाइने मन्त्री बन्ने होड सात दलमा चलेकोबाटै स्पष्ट भएन र - एकातिर जनताहरुको यति ठूलो वलिदान पछि गिरिजा प्रसाद राजाकै टाँगमुनीबाट दौराको फेरको सहारामा प्रधानमन्त्रीको कर्ुर्सर्ीी लरखराउँदै बस्न पुगेका छन् । अर्कातिर औंलामा गन्न सकिने अमेरिकामा रहेका केही कांगे्रस र एमालेका ढोलकेहरु अमेरिकी नागरिकलाई मण्डलेको टिका लगाई आत्मरतीमा डुवेर बसेका छन्् । राजतन्त्रको विरोध गरे झैं गरे पनि पिण्डो खाने बेला भएको गिरिजाले दरवारको जुठो आखिर खाएरै छोडेकोमा अहिले अमेरिकामा भएका गिरिजाका दासहरुको जमात र्समनाक भएको छ । किनकी नेपालका कांग्रेसहरु राजाका तलवी दास हुन । नेपालमा फलेका तर अमेरिकामा कुहिन थालेका ती ढोलकेहरु प्रजातन्त्रको खोल ओढेका स्याल हुन तर अनेक बहानामा राष्ट्रियता, राष्ट्र एकता, धर्म आदिलाई विखण्डन गर्ने यिनीहरु आतंककारीका इशारामा चलिरहेका छन । माओवादीहरुको प्रबक्ता बनेकोबाट नै तिनीहरुको हैसियत सवैलाई जानकारी भएको हो । अेमेरिकाबाट प्रशारण हुँदै आइरहेको एकमात्र विदेशमा संचालन भएको पहिलो नेपाली टेलिभिजन र त्यसका संचालकलाई अमेरिकामा रहेका केही ढोलकेहरुले गलत ब्याख्या गरी मण्डलेको संज्ञा दिएकोमा त्यस प्रति सवैको मन कुढिएको हुनु पर्छ । पक्कै पनि एउटा समाचार माध्यमलाई गलत अर्थ लगाएको कसैले चित्त बुझाउने कुरा पनि भएन् । प्रजातन्त्रमा विश्वास राख्ने सवै थरीले बुभ\mनु पर्ने हो कि राज संस्था सम्बन्धी विषय कहिले काँही प्रस्तुत गर्दैमा कोही मण्डले हुँदैन, राजा र राजसंस्थाको सम्बन्धमा लेख्दा वा बोल्दा वा त्यस सम्बन्धी समाचार वा विचार ब्यक्त गर्दैमा मण्डले हुँने भए राजावाटै प्रधानमन्त्रीको सपथ खाने गिरिजा प्रसाद र गिरिजा प्रसादबाट सपथ खानेहरु महामण्डले भएनन् - गिरिजा प्रसादको दौराको फेर समातेर अमेरिका पसेका ढोलकेहरु चाहिँ के भए नि - दुनियाले नबुझेको शब्द मण्डले भनेको के हो - राजसंस्थालाई मान्ने मण्डले हुन भने गिरिजा लगायत सात दलका मान्छेहरु र तिनीहरुलाई मान्ने सवै मण्डले हुन । गिरिजाका आसे पासेको अरन पटनमा अमेरिका पसेका गिरिजाका मण्डलेहरुले बुझुन पर्ने हो अर्कालाई थुक्दा आफुलाई पनि अर्काले थुक्न सक्छन् भनेर । सगरमाथा टेलिभिजन बास्तवमा समुदायका नाममा समुदायकै सहयोगबाट संचालन भइरहेको टेलिभिजन हो । यसले नेपालमा शान्ति स्थापना हुनु पर्ने कुरामा जोड दिँदै आइरहेको छ । यसले गिरिजा र बाघको छाला ओढेका स्यालरुपी मण्डलेहरुको गुणगान भने पक्कै गाइरहेको छैन् । गाउने पनि किन - के गरेका छन् तिनीहरुले र तिनीहरुको गुणगान गाउने - नेपालको राजनैतिक विश्लेषण गर्ने क्रममा सगरमाथा टेलिभिजनले नेपालको यथार्थलाई उजागर गर्ने साहस गरेको हो, त्यो कुरा ढोलकेहरुलाई अपच भएको मात्र हो । सगरमाथा टेलिभिजनले प्रजातन्त्र र प्रजातान्त्रिक आन्दोलनको कहिले पनि अपब्याख्या गरेको छैन्, जवकी यहाँ रहेका कतिपय ढोलकेहरुको धन्दा नै प्रजातन्त्रको ठेक्का आफैंले मात्र लिएको झैं गरी सगरमाथा टेलिभिजनप्रति बिस बमन गरिरहेका छन् । दुनियाँलाई किन गुमराहमा राख्ने - बाहिर बाहिर नेपालको माया र प्रजातन्त्रको जप गर्ने र भित्र भित्रै नेपालीहरुको घाटी रेट्ने प्रवृत्ति भएकाहरुको उक्साहटमा सगरमाथा टेलिभिजन प्रति विष बमन गर्नुको उद्देस्य के हो - किन राम खरेललाई मण्डले भन्ने - बास्तबमा राम खरेल मण्डले होइन्न । राम खरेललाई मण्डले भनेर आफ्नो दुनो सोझ्याउनेहरु अमेरिकामा धेरै छन् र वासिंगटन, मेरिल्याण्ड र भर्जिनियामा त झन थुप्रै छन् । नेपालको प्रजातन्त्रको जप गर्ने तर माओवादी र नेपाल प्रहरीको लेटर प्याड भजाएर नेपालबाट आएका दुखी गरिव नेपालीहरुको सत्यानास पार्नेहरु चाहिँ मण्डले हुन कि होइनन् - तिनैको उक्साहटमा सगरमाथा टेलिभिजन विरुद्ध बिस बमन गर्नेहरु चाहिँ झन ठूला मण्डले हुन । गिरिजाका भिजिलान्तेहरु हुन । संचार क्षेत्रलाई सवैकुरा प्रयोगमा ल्याउन, लेख्न र वाक स्वतन्त्रता उपभोग गर्न छुट छ तर कसैको स्वाभिमान गिराउने र मर्यादामा आँच ल्याउने छुट कसैलाई पनि छैन् । सगरमाथा टेलिभिजनका प्रति त्यसै प्रकारको विष बमन गरी एउटा प्रखर संचार माध्यमलाई हिलो छ्याप्ने कुरा दुनियाँमा सुहाउने कुरा पनि होइन् । सक्नु हुन्छ भने सवैकाप्रति सहानुभूति, सद्भाव, प्रेम र सहयोग गर्नु होस, सक्नु हुन्न भने चुप लागेर बस्नु होस् चुप लाग्न सक्नु हुन्न भने विष खानु होस तर विष बमन नगर्नुहोस, अर्कालाई हिलो छापेर आफु कमलको फुलमा राज गर्ने नगर्नुहोस, त्यो मुर्ख्याई हुनेछ र एकदिन रसातालमा डुब्ने माध्यम त्यहि नै हुनेछ । नेपालको राष्ट्रप्रमुखलाई जेलमा हालेको फोटो छाप्ने, अमेरिका समेतले आतंककारी भनेको माओवादी नेताहरुको लेख छाप्ने, माओवादीको गुण गान गाउने काम अमेरिकामा भएका संचार माध्यमले गर्न हुने तर सगरमाथा टेलिभिजनले कमल थापाको अन्तर्वार्ता प्रशारण गर्न किन नहुने - संचार माध्यम कांग्रेस, एमाले र माओवादी विचारधारा अभिब्यक्त गर्ने बस्तु होइन्, आँखाले देखेको बस्तु सवैको सामु पुर्‍याउने साधन हो र त्यहि धर्म सगरमाथा टेलिभिजनले निभाएको हो । दुनियाँमा राष्ट्र प्रमुखलाई अप्रमाणित अवस्थामा हत्यारा भन्ने अधिकार कसैलाई हुँदैन्, न्यूयोर्क र वासिंगटन डि. सी. मा नेपालीहरुले त्यसै भने, हत्यारा भन्नु भन्दा पहिले हत्यारा भएको प्रमाण कानूनी रुपमा प्रष्ट पार्नु पर्छ । राजालाई हत्यारा भन्ने अधिकार कसले दियो - भन्दैमा हत्यारा हुने भए १४ जना मानिसले ज्यान गुमाउने गरी आन्दोलन भएको र नेपालका प्राय सवैलाई गिरिजा प्रसादले नै मार्न लगाएको भन्ने सन्देश दिएको २०५० जेठ ३ गते को तत्कालिन ने. क. पा. मालेका महासचिव मदन मण्डारीको हत्यारा गिरिजा नै हुन कि होइन्न् - राजा विरेन्द्रको बंस विनासको सम्पर्ूण्ा जिम्मेवारी गिरिजा प्रसादलाई जान्छ । त्यतिखेर हत्या हुँदा राजाको रक्षामन्त्री गिरिजा प्रसाद नै थिए । हत्या गिरिजा प्रसादले नै गर्न लगाएका हुन भने मदन भण्डारी र राजा विरेन्द्रको हत्यारा गिरिजा प्रसाद हो र त्यसलाई सवैले हत्यारा भन्नु पर्छ । हत्यारा गिरिजाको पछि लाग्ने केही ढोलकेहरुले गिरिजाको पाप ढाक्न राजालाई अमेरिकामा समेत हत्याराको संज्ञा दिएका हुन र नेपालमा दीगो शान्तिको कामना गर्ने सगरमाथा टेलिभिजनलाई पचाउन नसकेका हुन । आन्दोलनको बहानामा विदेशी वा स्वेदेशी शक्तिशाली ब्यक्तिहरुको टाँगमुनि छिरी आन्दोलनलाई नै भ्रष्टाचारको बेदीमा चरु सरह होम गर्ने गिरिजाका महामण्डलेहरुको वास्तविकता झल्किने गरी सगरमाथा टेलिभिजनले टिप्पणी गरेको हो भने त्यसको यथार्थता आज गिरिजाले राजाको नून खाएकोबाट स्पष्ट पारेको छ । आन्दोलनका नेताहरु भ्रष्ट र बेइमान हुन् कि होइनन् - ०४६ सालको जनआन्दोलन पछि प्राप्त बहुदलको दुरुपयोगबाट खुम बहादुर, चिरञ्जिवी, जय प्रकाश, खड्ग ओली, बामदेव, खोभारी राय, मिर्जा दिलसाद वेग लगायतका हजारौं नक्कली प्रजातन्त्रका ढोलकेहरुले देशलाई रगतको खाडलमा हालेको यथार्थ हो कि होइन् - यथार्थको आधारमा रहेका टिप्पणीहरु सहित नेपालीलाई शान्ति चाहिएको सन्तुलित विचारलाई प्रस्तुत गर्न केही आपत्ति छैन् । यदि कसैलाई आपत्ति भए गिरिजाका ढोलकेहरुलाई मात्र होला । गत महिना अमेरिका नेपाल वुमन एशोसियनले आयोजना गरेको एक प्रतिभा पर््रदर्शन कार्यक्रम मार्फ सगरमाथा टेलिभिजनलाई प्राप्त सहयोग सम्बन्धी समाचार सगरमाथा टेलिभिजनका विरुद्धमा हत्यारा गिरिजाका ढोलकेहरुको सत्तो सराप गर्ने विषय बनेछ र ढोलकेहरुले त्यसलाई विभिन्न सञ्चार माध्यममा प्रकाशन प्रसारण गरेछन् । त्यो कुनै विषय नै होइन् । एशोसियनले टेलिभिजनलाई गरेको सहयोगको प्रशंसा गर्नु उसको काम दायित्व थियो उसले गर्‍यो त्यसमा ढोलकेहरुलाई के को चित्त दुखाई - नेपाली पोष्ट, रेडियो दोभान, वा अरु कुनै सञ्चार माध्यम हुन, उनीहरुलाई सगरमाथा टेलिभिजनले उल्लेख नगरेकोमा चित्त दुखाईको केही अर्थै छेन् । सवैले आफुले गरेको योगदान र पाएको सहयोग उल्लेख गरिदिए भइ हाल्यो । यस सम्बन्धमा टेलिभिजनका संचालक राम खरेलसंग जिज्ञासा राख्दा एशोसियसन र रेडियो दोभानले आफ्नो पनि बारेमा उल्लेख गरि दिन कुनै जानकारी नदिएको र विज्ञप्ति समेत नपठाएको हुँदा आफुले टेलिभिजनको मात्र प्रसंग उल्लेख गरेको बताउनु भयो । वहाँलाई नेपाली पोष्ट मार्फ मण्डले भनी अपब्याख्या गरिएकोमा वहाँले प्रत्रि्रश्न गर्दै भन्नु भयो - मण्डले भनेको के हो - न आफु कहिले मण्डले भइयो न सगरमाथा टेलिभिजनलाई मण्डले बनाइयो । वहाँले अमेरिकामा रहेका नेपाली संघ, संस्थाहरु र तिनका गतिविधिहरुलाई ब्यक्तिगत तवरबाट नेपाली समुदायमा पुर्‍याउन भरपुर सहयोग गर्दै आइरहेको बताउनु भयो । मैले राजाबादी, कांग्रेस, एमाले वा अरु कसैको विरोध गरेको छैन् । सगरमाथा टेलिभिजन नेपाली भएपनि यो नेपाली भूमिमा छेन् र मैले नेपाल वा नेपालीको विरोध गर्नु पर्ने जरुरी पनि छैन् । मैले टेलिभिजनलाई अमेरिकामा रहेका सवै नेपालीहरुको साझा सम्पत्ति बनाउन कोशिस गरिरहेको छु । जन्मधर्ती भएको कारणले म नेपालमा प्रजातन्त्र, मानव अधिकार र शान्तिको कामना गर्दछु, वहाँको भनाई थियो । तपाई किन विरोधको पात्र बन्दै आउनु भएको छ भन्ने प्रश्नको जवाफमा वहाँले भन्नु भयो, म अमेरिकी नियम कानूनको अधिनमा रहेको र स्पष्ट बक्ता भएको कारणले नेपाली नेताहरुको पिछलग्गु बन्न म सकिन्, सायद त्यसैले होला म र टेलिभिजन प्रति केही मान्छेहरुले बिस बमन गरेका होलान् । मैले कसैको कुभलो चिताएको छैन् र पाप गरेको पनि छैन्, त्यसैले केही लोभी पापीको जमातले मेरो विरोध गर्दैमा मैले आत्ति हाल्नु पर्ने पनि केही छैन् । खाएको विष लाग्छ, नखाएको विष लाग्दैन, वहाँको कथन थियो । अमेरिकामा मात्र होइन् संसारभर गिरिजाका कांग्रेसी सुण्डमुण्ड बाहेक नेपालको माया गर्ने र नेपालको राष्ट्रियता, स्वाभिमान, स्वतन्त्रता र शान्तिको कामना गर्नेहरुको अधिक जनसंख्याले सगरमाथा टेलिभिजनलाई सद्भाव राख्ने भएकोले त्यसको नूर गिराउने र आफ्नै डम्फु बजाउने सोंचले टेलिभिजनका विरुद्ध विष बमन गर्ने काम धेरै अघिदेखि हुँदै आएको छ, त्यसलाई यहाँका संचार माध्यमहरुले रोक्नु पर्छ । एउटा संचार माध्यमले अर्को संचार माध्यमका विरुद्धमा कसै मार्फ हिलो छ्याप्ने काम गर्नु भनेको आकासतिर फर्केर थुक्नु हो भन्ने कुरो किन नबुझेको - अहिले सगरमाथा टेलिभिजन र संचालक राम खरेलको विरुद्ध हिलो छ्याप्दा नेपाली पोष्टका गिरिश पोखरेल र किरण सिटौला वा रेडियो दोभानका पदाधिकारीहरुलाई न्यानो होला तर समयचक्रमा यस्तै मण्डले र सुण्डमुण्डका्े संज्ञा वहाँहरुमा पनि नलाग्ला भन्ने केही छैन् । आज नेपाली पोष्ट, साझा डट कम वा रेडियो दोभानले र्सर्ूय गौतम तथा लेखनाथ भण्डारीहरु जस्ता पत्रकारका आकारहरुलाई सगरमाथा टेलिभिजनका विरुद्ध बिष बमन गर्न दिँदा पत्रकारिताको मर्यादालाई नै समाप्त गरेको सवैलाई महसुस भएको हुनु पर्छ । अमेरिकामा नेपाली पोष्ट र रेडियो दोभान मात्र पक्कै छैनन, सवैले मनन् गर्नु पर्ने कुरा हो यो । विश्वमा राजतन्त्र भएका सयौं देश छन् । त्यसमध्ये नेपालपनि एक हो र नेपालको राष्ट्रियता राजा भएका कारणले कमजोर वा खतरामा परेको होइन् । नेपालको मात्र होइन् सम्पर्ूण्ा दक्षिण एशियाका देशहरुको समस्याको जड भारत हो । माओवादी समस्या गिरिजा र शेर बहादुरले जन्माएको हो भने भारतले हर्ुकाएको हो र नेपालका राजा र नेताहरुलाई गोटी बनाएर नेपाली जनताको शिर हरदम गिराउने काम गरेको हो । पाकिस्तान बाहेक सवै देशका नेताहरु भारतको गोटी भएकाले ती देशहरुमा राजनीतिक अस्थिरता भएको हो । नेपालका नेताहरु गिरिजा, माधव र शेर बहादुरहरु आप\mनो असक्षमताका कारण प्रजातन्त्रको स्थापना र रक्षाको लागि भारतलाई गुहार्छन, हामी हाम्रा नेता र भारतलाई नचिनेर आपसी लर्डाई लड्छौं । यिनै गनाएका नेताहरुको कारणले गर्दा संसदको दर्ुइ तिहाईले महाकाली सन्धी गर्‍यो, आखिर नेपालले के पायो - तर महाकालीको सवै फाइदा भारतले लियो । यसपाला त हतियार बोकेको माओवादी पनि भारतकै इशारामा चल्दैछ् । अव यिनीहरु सवै मिलेर भारतलाई के बुझाउने हुन, त्यो नेपाल र सारा नेपाली जनताको लागि दर्ुभाग्यको विषय बन्दैछ । उता देशै धितो राख्न ताकिरहेका नेताहरुलाई आफनो आस्थाको केन्द्र र विश्वासको प्रतिक सम्भिmरहनु भएको होला तर उनीहरुका विगतले के देखाएको छ त्यसका प्रति सजग बन्नुको विपरित अमेरिकामा बसेर एउटा नेपाली र नेपाली मूलको संस्थाको विरुद्धमा बिष बमन गर्दा के फाइदा - सवैलाई चेतना भया ।
Read Full Discussion Thread for this article