Posted by: Gautam B. May 4, 2006
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
पाईन्छ होला र त लेखे नि काका! जापानमा हाइकूको शुरुवात भने जेन गुरुहरुले ध्यान गर्दा पाएको आध्यात्मिक अनूभूतिलाई थोरै शब्दमा ब्यक्त गर्ने बिधाको रुपमा भएको हो। तर जस्को हातमा पुग्यो त्यस्तै बनिहाल्छ। हामी निरंकुशतालाई हाईकूले हान्छौँ, यी गुरुले रतिरागमय हाइकू लेखेछन्। त्यति रतिरागमय त हैन, तर मैले पनि सधैं लेख्ने भन्दा अलिक फरक हाइकू लेखेको थिएँ,फरक मौसमकाकारण त्यत्तिकै थन्केको थियो। "नया वसन्त" पीपल पात नवजात शिशुको कोमल त्वचा निलो फैलियो हरियो पोखिएको छाया खंदिलो सिन्दूरे साँझ गाला गालामा चढ्दै खुस्स उक्लन्छ घुम्टोमा रात शर्मीलो मुस्कानमा खुला अँगालो।
Read Full Discussion Thread for this article