Posted by: Nepe May 4, 2006
SAJHA-KO BAREMA ANURODH
Login in to Rate this Post:     0       ?        
केदारजी, अति साधु विचार ! साधुवाद यसको लागि । परन्तु 'दीप' ले माथि कतै भने जस्तै सञ्जालसञ्चालकद्वारा गर्ने पहरेदारीको काम त समय र आर्थिक कारणले असम्पादनिय भएको स्वीकार गर्नै पर्छ । बाँकी रह्यो, सदस्यहरुको आत्मानुशासन र सामुहिक पहरेदारी । अहिले समाप्तै भएको त होईन, तर प्राचिन साझामा त्यो प्रचुर मात्रामा थियो । त्यस युगमा सदस्यहरुको संख्या कम भएर पनि त्यसो भएको हुनसक्छ । "नेपाल लोकतन्त्र" नामक एक बन्द-सभाको सदस्य छु म । त्यहाँ आत्मानुशासन यति अधिक छ कि, वक्ताले बोलेको भन्दा नबोलेको कुराबाट उसको कुरा बुझ्नु पर्ने स्थिति हुन्छ अक्सर । साझा जस्तो खुल्ला र बेनामी सभा त्यस्तो समस्याबाट मुक्तिको लागि हो । तर जिन्दगीमा सबै कुराको तिरो हुने जस्तै खुल्ला र बेनामी सभाका फाईदाको तिरो पनि छ र त्यहि तिर्न स्वीकार गरेर यहाँ हाजिर छौ हामी सबै जना । तर के चाहिं निश्चित छ भने तपाईले प्रस्तुत गर्नु भएको जस्तो ध्यानाकर्षण र छलफलले सदस्यहरुलाई बढी आत्मानुशासित हुन र सामुहिक पहरेदारीको भावनालाई जगेर्ना गर्न बढी प्रेरित गर्नेछ । त्यसैले तपाईलाई एक पटक पुन: साधुवाद !
Read Full Discussion Thread for this article