Posted by: kick May 4, 2006
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
हैन ए गोताएँ, यस्तो उल्का नि लेख्न पाइन्छ र हाइकुमा? त्यो पनि मधुपर्कमा। पुष्कर लोहनी.. तिमी हरायौ पिउन मन लाग्छ मध्य रातमा । तिमी सम्झिदै कुर्नुसम्म कुरेको सिरक भित्र । तातो अँगालो भुसुक्कै निदाइछु जाडोको रात । च्याप्पिँदाखेरि बैंस च्याप्पिन पुग्दा पसिनै निस्क्यो । भरिएपछि कहाँ गएर पोखुँ मनै तरुनो । रसायो होला पोखिन नदिनु है भरे आउँला । भिजेको चोलो पसिनाको गन्धमा वाफको तातो । स्वादिलो होला देख्दैमा लोभलाग्दो चोलो फुकाल्दा । रस चुहियो छचल्किँदै गाग्रोमा माटाको भाँडो । मुटु नै छेड्यो प्वालै परेर झर्यो स्नेहको थोपा । तेजिलो आँखा घोच्नुसम्म घोच्यो नै सल्कि नै हाल्यो । थाहा भएन साँढे लागिसकेछ गोठालो जिल्ल । काखमा राख्दा पत्याउनै सकिन खुकुलो रैछ । आउने भए सँगालेर राखौँला पोखिनु परे । तिमी ठानेर सुघ्नुसम्म नै सुघेँ रक्सीको मात । छाडिदेउ न बोकेर मै लैजान्छु सँगै सुतौँला । र् र्सपले ठुँग्यो रगताम्य सपना निन्द्रा नै झर्यो ।
Read Full Discussion Thread for this article