Posted by: SHIV May 4, 2006
SAJHA-KO BAREMA ANURODH
Login in to Rate this Post:     0       ?        
केदार ज्यु, कुरा सोरैआना सही हो । तर के गर्नु यहाँ honor system काम गर्ला जस्तो लागेन । यहाँ अल्लारे, छिल्लिएका, जाड रकशी टन्न खाएर लेख्ने, अरुको भावना को कदर नगर्ने, आफ्नो कामको वा घर को frustration निकाल्ने मान्छे हरु पनि छन । यदि यहाँ नङो तस्वीर नराख भन्यो भने तैले भनेर हुन्छ तलाई हेर्न मन नलागे त नहेर हामी लाई त मन पर्छ हामी हेर्छौ, यो free world हो भन्छन । के गर्नु । आफ्नु अधिकार जतौन साह्रै उद्धत हुन्छन तर उनि हरु लाई आफ्नो कर्तब्य को ज्ञान चै हुँदैन । के गर्नु ? एउटा उपाय छ । कुनै आपत्ति जनक पोस्टिङ देख्नु भो भने Notify Admin मा क्लिक गर्नु होला । Admin दाई ले हेरेर त्यस्लाए मेट्नु हुनेछ । मैले पनि यस बिषयमा पटक पटक आबाज उठाउँने गरेको छु । एक दिन को कुरा हो म मेरो computer मा बसेर साझा डट कम मा कृया प्रतिकृया गर्दै थिए, एउटा धागो मा nice picture भन्ने धागो देखे, क्लिक गरेको त एउटा नग्न गोरी आईमाईको आपत्ति जनक तस्वीर रैछ । मैले त्यस धागो मा क्लिक गरेको बेला मा मेरो ७ र ८ बर्षका दुई, मेरो दाई का छोरा र छोरीले ठयाकै देखे । लाज को मर्नु भो । दुवै जना ले एकैचोटि छछ्या छछ्या भने एकै चोटि । झन् लाजको मर्नु भो । त्यो घाटना पछी उनि हरु भएको बेला मा वा अरु कोइ मान्छे भएको बेला मा म साझा डट कम मा जादै जान्न । के गर्नु आफ्नु मन को ब्यथा कस्ले बुझ्ने? :-(
Read Full Discussion Thread for this article