Posted by: Nepe May 3, 2006
What Nepricans say..NPost
Login in to Rate this Post:     0       ?        
The following part from Nepali Post is my share. - http://www.nepalipost.com/nepali/kurakani.php?nid=508 अहिलेको नेपालको राजनीतिक परिवर्तनलाई कसरी हेर्नुहुन्छ ? आधा करोडभन्दा बढी मानिसहरु स्वस्फूर्त रुपमा ज्यानको बाजी थापेर राजतन्त्रको अन्त्यका लागि सडकमा उत्रेको यो अभूतपूर्व र विराट जनआन्दोलन क्रान्तिकारी समापनको अन्तिम क्षणमा पुगेर पनि नेतृत्वको अभावको कारणले यथास्थितिवादीहरुको वर्चस्व रहेको सातदलिय मोर्चाकै घुमाउरो र अनिश्चित मार्गचित्र स्वीकार गर्न बाध्य हुन प-यो । समापनका लागि अझै प्रतिक्षा गर्नुपरे पनि यो जनआन्दोलनले "लोकतान्त्रिक गणतन्त्र" को माग गरिएको क्रान्तिकारी जनादेश दिएर क्रान्तिकै रुपमा टुंगिएको छ । त्यसो हुँदा अब हुने सम्विधान सभा प्राविधिक रुपमा जे देखिए पनि भावनात्मक रुपमा भने यो लोकतान्त्रिक गणतन्त्र लाई अनुमोदन गर्ने औ पचारिकता मात्र हुनुपर्छ । दरबारको चलखेल हुन सक्ने संभावना ? चलखेलको संभावना होईन अवश्यम्भाविता छ । तर यो चलखेल सक्रिय राजतन्त्र को वा २०४७ सालको यथास्थिति कायम राख्ने कठोर नारामा नभएर कथित "सेरेमोनियल राजतन्त्र" कै नरम नारा अन्तर्गत हुनेछ । जनआन्दोलनको बलले राजतन्त्र अहिले मृतप्रायः देखिए पनि हाम्रो विडम्वना के हो भने अहिले सत्तामा जुन व्यक्ति छन् उनी राजतन्त्रलाई जोगाईराख्न चाहने व्यक्ति हुन् । यीनैको समुहलाई माध्यम बनाएर दरबार ले "सेरेमोनियल राजतन्त्र" को आवरणमै यसको परासम्वैधानिक शक्ति जगेर्ना गर्दै राजकाजमा २०४७ यता भन्दा अलि परोक्ष परन्तु समान नियन्त्रण र प्रभाव राख्ने रणनीतिकासाथ खेल खेल्नेछ । यसको लागि दरबारको पहिलो चाल हुनेछ जनआन्दोलनको चाहना लोकतान्त्रिक गणतन्त्र नभएर अन्यथा नै थियो भनेर स्थापित गर्नु । सातदलीय मोर्चाका यथास्थितिवादी घटक र समुहहरुले जनआन्दोलनको जनादेशलाई आफुखुशि तोडमोड गर्न शुरु गरेर दरबारको पहिलो चाललाई मद्दत पु-याईरहेका छन् । प्रधानमन्त्री कोइरालाले राजाबाट सपथ ग्रहण नगर्न गरिएको जनमागलाई र यसको सांकेतिक अर्थलाई लत्याएर जनादेशको पहिलो अवज्ञा गरिदिए । आगामी दिनहरुमा यथास्थितिवादी कोइराला समुह र पुनर्जीवनको आशावादी राजाका बीच अव्यक्त घनिष्टता बढ्दै जाने निश्चित छ । यी सब विकासहरुले एउटा नयां र परिमार्जित ध्रुविकरण लेराउने छ "गणतान्त्रिक मोर्चा" भर्सेस "गणतन्त्र विरोधी मोर्चा" को द्धन्दको रुपमा । दरबार को कोशिस हुनेछ- यो ध्रुविकरणलाई सकेसम्म अस्पष्ट बनाएर गणतन्त्र विरोधी मोर्चालाई सेरेमोनियल राजतन्त्रको नरम छविको लाभ दिलाउनु । छोटकरीमा, दरबारको चलखेल पुराना भारदारलार्इ अघि सारेर नभई कोइरालाको राजमै त्रित्वको अधिकतम लाभ उठाउने चालमा हुनेछ । सम्विधान सभाका बारेमा सम्विधान सभा सामान्यतः क्रान्तिपछि अर्थात् पुरानो सत्ता खत्तम भएपछि नयाँ शक्तिले नयाँ सम्विधान निर्माण गर्ने एक विधि हो । नेपालमा मात्र माओवादीले यसलाई द्धन्द्ध समाधानको विधिको रुपमा प्रस्तुत गरेका हुन् यद्यपी र्सार्वजनिक बहसहरुले यसमा राज्य पुनसंरचनाका थप विषयहरु, जस्तै समावेशी र उदार लोकतन्त्रको स्थापना, समेत थपेका थिए । माओवादी र सात दलको पछिल्लो सहमतिसम्म पनि यो वार्ताद्धारा द्धन्द्धको समाधान गर्ने अर्थात् आन्दोलन क्रान्तिको विकल्पको रुपमा थियो । सात दलले राजामाथि दवावका रुपमा परिकल्पना गरेको आन्दोलन राजतन्त्रको अन्त्य गर्न बढिरहेको जनक्रान्तिका रुपमा विकसित भएपछि संविधान सभा ले पुनः यसको मौलिक उद्देश्य अर्थात् राज्यपुनसंरचना प्राप्त गर्ने आँटेको थियो । तर यो क्रान्तिले तत्काल साकार हुन नसकेर यसको जिम्मेवारी संविधान सभा लाई दिएपछि यो माओवादीले प्रस्तुत वैकल्पिक क्रान्तिको रुपमा पुगेको छ । फरक के हो भने अब जनआन्दोलनले सम्विधान सभा लाई राजतन्त्रको अन्त्यका लागि जनादेश सहित स्वीकार गरेको छ । यी सबै बांगाटिंगा घटना क्रमको निचोड के हो भने, अब सम्विधान सभाले राजतन्त्र समाप्तै गर्ने टुंगो लागिसकेको मानेर त्यसमा धेरै बहस नगरी बरु समावेसी र उदार लोकतन्त्र स्थापना गर्न पट्टिको अनगिन्ति र जटिल विषयतर्फ ध्यान लगाउँदा हुन्छ । त्यो त थियो संविधान सभा को आदर्श स्थिति । तर राजतन्त्रले संविधान सभा लाई आफ्नो अस्तित्व रक्षाका लागि प्रयोग गर्न चाहे र अझ उता यथास्थितिवादी दल र समुहले त्यसलाई वैधानिकता दिएको खण्डमा भने संविधान सभा अझै एक जनमत संग्रहको रुपमा सीमित हुन वाध्य हुनेछ र राज्यपुनसंरचनाको विषय गौण हुने पुग्नेछ । तर यसमा चिन्ता लिइरहनुपर्ने कारण छैन । राज्यपुनसंरचनाको लागि पुरै भविष्य छ । राजतन्त्रबाट शान्तिपूर्ण तरिकाले मुक्त हुन भने यो एकमात्र मौका हो । हामी सबैको ध्यान त्यसैमा केन्द्रीत हुनपर्छ । यसमा चुक्नु भनेको एउटा झन ठूलो गृहयुद्दलाई निम्ता दिनु हो । _________
Read Full Discussion Thread for this article