Posted by: Ignitor May 2, 2006
Dr Sayami's Letter to Baburam
Login in to Rate this Post:     0       ?        
Here is Baburam's reply to the letter: Source : - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=72612 नागरिक आन्दोलनकारीलाई पत्र डा. बाबुराम भट्टराई पि्रय डा. अरूण सायमी, वैशाख १४ गते कान्तिपुर दैनिकमा प्रकाशित तपाईंको चिठी 'कलम समाऊ बाबुराम' पढें । केही भावुक, केही चिन्तनशील बनायो । झन्डै तीन दशकअघि अखिल भारत नेपाली विद्यार्थी संघ -अभानेविसंघ) स्थापनाकाल स्मृतिपटलमा आयो । पार्टी प्रतिबन्धित भएको पञ्चायती कालरात्रिमा हामी निरंकुश राजतन्त्र अन्त्य र सच्चा लोकतन्त्र स्थापनाको सपना बोकेर भारतमा स्वतन्त्र ढंगले राजनीतिक गतिविधि गथ्र्यौं । नेपालमा कांगे्रस र कम्युनिस्टबीच पानी बाराबारका बेला हामी भारतमा सबैलाई एउटै मञ्चमा बोलाएर राजनीतिक अन्तरक्रिया गराउँथ्यौं । राजतन्त्र अन्त्य गर्न र गणतन्त्र स्थापना गर्न सबै राजनीतिक शक्ति एकताबद्ध हुनुपर्छ भन्ने हाम्रो आग्रह र प्रयत्न हुन्थ्यो । हाम्रो त्यो सपना हालैको ऐतिहासिक जनआन्दोलनका क्रममा पूरा हुन लागेको देखेर सन्तोष र गौरवको अनुभूति भएकै हो । यो आन्दोलनको सिलसिलामा हाम्रा ती पुराना सहकर्मीमध्ये तपाईंले सेतो कोट लगाएर शिक्षण अस्पतालका डाक्टरहरूको नेतृत्व गरेको, डा. महेश मास्के नागरिक आन्दोलनको अग्रपंक्तिमा उभिएको, हिसिला यमी युद्ध मैदानमा डटेको र अरू थुप्रै साथी विभिन्न पेसाकर्मी वा राष्ट्रसेवक कर्मचारीका रूपमा लोकतान्त्रिक आन्दोलनमा क्रियाशील भएको पाउँदा अभानेविसंघ कालीन हाम्रो प्रयत्न खेर गएको रहेनछ भन्ने सन्तोष मनमा लागेकै हो । परन्तु आजसम्मको आन्दोलनको परिणामबाट तपाईं जति सन्तुष्ट देखिनुहुन्छ, हामी त्यति ढुक्क हुनसकिरहेका छैनौं । किनकि तपाईंले पत्रमा भनेझैं राजतन्त्रले 'घुँडामात्र टेकेको छ,' समाप्त भएको छैन । तपाईं एकजना मेडिकल डाक्टरलाई राम्ररी थाहा छ, घुँडामात्र फुक्लँदैमा अस्तित्व नामेट भइसक्दैन, पुनः बौरिएर झन् बढी दुःख दिन सक्छ । २००७ सालपछि बारम्बार जनताद्वारा घुँडा टेकाइएको राजतन्त्रले पटकपटक बौरिएर जनतामाथि निरंकुश शासन थोपरेको हामी सबैलाई थाहा छ । नेपाली इतिहासका सबै जनआन्दोलनभन्दा अघि बढेर यसपटक राजतन्त्र फाल्ने सम्भावना प्रवल बनेको थियो । तर एक्कासि कश्मीरका पूर्वमहाराजामार्फत पठाइएको दिव्य गायत्रीमन्त्रले आर्यघाट पुगिसकेको राजतन्त्रलाई जीवनदान दियो । त्यसपछि अरू के कति गोप्य मन्त्र आए र अन्ततः संसद् पुनःस्थापनाको जाल फ्याँकेर आन्दोलनलाई मत्थर पार्ने काम भयो सबैको अगाडि छर्लंगै छ । आखिर राजतन्त्र नेपाली जनता र राष्ट्रिय एकताका निम्ति नभएर विदेशी शक्तिकेन्द्रहरूको स्वार्थ निम्ति पो रहेछ भन्ने प्रस्ट भएन त ? मेचीदेखि महाकालीसम्म लाखौं करोडौं जनताले संविधानसभा र गणतन्त्रको नारा लगाए, संसद् पुनःस्थ्ाापनाको नारा सडकमा कहिल्यै सुनिएन तर अन्त्यमा संसद् पुनःस्थापनामा आन्दोलन बिसाउन लगाइयो । किन ? संसद्लाई जनप्रतिनिधि संस्था भनिन्छ । तर यत्रो आन्दोलनपछि पुनःस्थापित संसद्मा आन्दोलन दबाउन सक्रिय राजाका प्रशासक मृगेन्द्रसिंह यादव र उनका मन्त्री बुद्धिमान तामाङ, बृजेशकुमार गुप्ताहरू पो देखा परे । अनि देखा परे उनै सूर्यबहादुर थापा र पशुपतिशमशेर राणाहरू । त्यो सदनमा न त कोही आन्दोलनको क्रममा गोली र लाठी खाने गरिब किसान, बेरोजगार युवा, महिला, दलित, जनजाति, मधेसी, कणर्ाली-सेती-महाकालीका उत्पीडित मान्छे देखिए न आन्दोलनलाई निरन्तर ऊर्जा दिने नागरिक समाजका अगुवाहरू डा. देवेन्द्रराज पाण्डे, डा. मथुराप्रसाद श्रेष्ठ, कृष्ण पहाडी, डा. महेश मास्के, श्याम श्रेष्ठ, कनकमणि दीक्षित, खगेन्द्र संग्रौला, हरि रोका, दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, प्रा. कृष्ण खनाल, सिन्धुनाथ प्याकुरेल, मल्ल के.सुन्दर आदि देखिए । माओवादीको छाया परेको कुनै मुसो त्यहाँ हुने कुरै भएन । किनकि माओवादीलाई नीति निर्माण र राज्य संरचनाको कुनै तहमा छिर्नै दिनुहुन्न भन्ने शाही फर्मान् मोरियार्टी महोदयले बारम्बार जारी गरिरहेकै थिए । त्यसैले शाही घोषणाबाट म्याद पुगिसकेको र वर्तमान आन्दोलनको मूल मर्मको कुनै प्रतिनिधित्व नगर्ने संसद् ब्युँताइनुको गुह्य अर्थ र औचित्य वास्तविक आन्दोलनकारी शक्तिहरूलाई टाढा राख्नु मात्रै रहेछ भन्ने पुष्टि भएन त ?
Read Full Discussion Thread for this article