Posted by: Birkhe_Maila May 2, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
घराँ आगो सल्काम्न नपाओ चाइन्जो गोडा दसेक दिन भओ के रे। अस्ति सम्म काका बुडाओ घराटि आगो ल्यार चुलो बालेको अइले आर काका बुडाले नि मइतेल भ्याईएओ कुरो अरेसि ‘ लु भएन एस्तो चालाले’ भुनेर म शहरतिर लाएँ गाम्लेओ। मइतेल नि किन्छु, बुढिलाई एउडा धागो र एक पाउ गुँदपाक नि लइदिन्छु भनेर। आँधि तरेर चाइन्जो बयरघारिआँ के पुग्याथेँ; लाले त, किस्ने साउको पसलाँ भित्तोले छेकिएर ‘तुच्च तुच्च’ पार्दै रेछ। म नि एसो किस्ने सअँ भलाकुसारि अरुम, तेस्को भैँसि ब्याओ ब्याएन भनेर पसेओ मात्तै थेँ लाले टिल्ल परेर पहेँला दाँत देखाम्दै “ कताटि हो जिम्माल!” भन्दै ङिच्च हास्न थालो। “ के हो लाले आज दिउँसै ठाडो घाँटि लाएचौनि?” भनेको त- “ ढुन्मुनिँदै म थिम आ’र “ हैन जिम्माल, बैशाखा घामले पोलेर एसो एउ गिलाँस शर्बत खान पसलाँ पसेओ” भन्न थालो। तो तिनपानेओ गन्ध मैले जति कस्ले ठम्म्याउँथो र अब! “ लु भै हालो लाले, शर्बत खाए नि चाइन्जो तुच्च तुच्च पारे नि तो मिती पुइसकेओ चौतारिआँ गाम्ले खोज्दै जानु त भएन नि” भनेर लालेलाई सम्झार किस्ने साउ सँअ भैसिओ कुरो अरेर त्याँट बस चडेर पखरातिर लाएँ। मइतेल खोज्दा खोज्दै चाइन्जो दुई दिन बितो। लोउतन्त्रको कुरोले अर्दा शहराँ जम्मा अरेर राखेओ मइतेल पनि मैजारो अरेछन्। बल्ल बल्ल पइराघरे काईँलो खत्रिको छोरो जेठाको पसलाँ ग’र “ हेर बाबु तिम्रा बा र म, त उइलेई गोर्खपुर, लखनउ के के जाति ठाम ठाममा डुल्दै एउटै थालाँ भात खार बैँस बिताओ मुन्छे, तिम्ले चाइन्जो मलाई मइतेल नदिनि?” भनेसि ठुसुक्क पर्दै भित्राटि एउ जर्किन मइतेल भरेर ल्याइदिओ। हुनत तेस्को बुढिले भित्र गुईँगुईँ अर्दै थि मुइँले सुनेओ। “त्यस्तो हेर्दै चाउरे गाम्ले बुडालाई क्यार्न मइतेल दुनुपरो” भन्दै थि तै पनि जेठाले कजिनिओ कुरो सुन्या नसुनेइ अरेर भ’ नि मइतेल दिओ गाँठे। जस्तो चाउरे बुडा भअ नि मुन्छे त म सोरस फोरस वाला नै छु गाम्लेओ।:) लु साने, अड्डाँ फर्केछौ के कसो भओ नेपालाँ कुरो भट्ट्याम्दै अर है मिलेओ बेलाँ? माष्टरनि नानी हाम्रा ३-४ जना भुराभुरि नि ईस्कुल जाने भनेर खलबल अर्दैछन् पठाइदिम?
Read Full Discussion Thread for this article