Posted by: mampaka May 2, 2006
लोकमान सिंह कार्की
Login in to Rate this Post:     0       ?        
मुख्य सचिव कार्कीलाई खुलापत्र श्री लोकमानसिंह कार्की, काठमाडौं तपाईंको कार्यकक्षलाई सिंहदरबारभित्रकै कर्मचारीले 'लोकमानसिंह कार्की निषेधित क्षेत्र' घोषणा गरेर खबरदारी सूचना टाँसिसकेपछि अब 'मुख्य सचिव' भनेर सम्बोधन गरिरहनुपरेन । हुन त मेरो अन्तरआत्माले तपाईंलाई कहिल्यै 'मुख्य सचिव' मानेन । सम्झनुभएकै होला, जुन बेला बधाई दिन निजामती सेवाका उच्चस्तरीय चाकरले हप्तौंसम्म तपाईंको कार्यकक्ष भरिइरहन्थ्यो, त्यो बेला पनि म 'बधाई' ज्ञापन गर्न गएको थिइन । त्यसबेला पनि मेरो विचारमा तपाईंको नियुक्ति 'योग्यताको हार' र 'चाकरीको जित' भएको अनुभूतिले हप्तौंसम्म रन्थनिएको थिएँ । आज जब तपाईंको अहंकार धुलिसात भएको छ र आफ्नै कार्यकक्षमा आउन नसक्ने अवस्था सिर्जना भएको छ र जब वैशाख १४ को कान्तिपुरमा डा. कृष्णप्रसाद उपाध्यायले पत्रको बुँदा नं ६ मा तपाईंको नाम उल्लेख गरेको देखेँ— तब मलाई पनि तपाईंले गर्नुभएका कुकृत्यबारे चर्चा गर्न मन लाग्यो । आशा छ, मनन गर्नु हुनेछ । १. निजामती सेवाको सबैभन्दा सानो पद पियन/परिचरले समेत लोकसेवा आयोगको परीक्षा पास गरेर आएका हुन्छन् । आयोगको परीक्षा उत्तीर्ण नगरी निजामती सेवाको पेन्सन पाउने कुनै पनि पदमा ६ महिनाभन्दा बढी अवधिका लागि नियुक्ति हुन नसक्ने संवैधानिक व्यवस्थाविपरीत तपाईं राजाको हुकुम प्रमाङ्गीबाट दरबारको सेवामा प्रवेश गरेको र प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको एकल इजलासको बहुआलोचित '५ लाखे' फैसलाबाट दरबन्दी नै नभएको अवस्थामा निजामती सेवाको सहसचिव पदमा भित्र्याइनुभयो । पछि 'आफ्नो भाग्य र राजाको निगाहा' बमोजिम तपाईं मुख्य सचिव बनाइनुभयो । यो तपाईंको भाग्य होला, किनकि दरबारको एउटा सामान्य कारिन्दा लोकसेवाको परीक्षाको मुखै नदेखी यो सर्वोच्च पदमा आइपुग्नुभयो । तर अप्रत्यक्ष रूपमा यो 'निगाहा' प्राप्त गर्न कुन-कुन ५ तारे होटलमा के-के सप्लाइ गर्नुभयो, अरूलाई थाहा छैन भन्ने सोच्नुभएको छ ? २. प्रशासनको माथिल्लो तह 'माघ १९ का समर्थक'बाट भर्ने उद्देश्यले तपाईंले विशिष्ट श्रेणीका पदाधिकारीलाई 'चाहेजति समयसम्म' जगेडामा राख्ने निरंकुश निजामती अध्यादेश जारी गराउनुभयो । तपाईंको 'प्रदक्षिणा' गरेकै भरमा 'अर्थ सचिव' पद पड्काउन सकिन्छ भन्ने आशामा माधवप्रसाद घिमिरेबाट राम्रो 'चाकरी' प्राप्त गर्नुभयो । आफ्ना मानिसको सरुवा मालदार मन्त्रालयमा गराउनुभयो । तर हुलाक कार्यालयमा बाइसौं वर्षदेखि कार्यरत एकजना अधिकृतको पनि सरुवा गराउनुभएन । किनकि तपाईंलाई प्रस्टै थाहा थियो, हुलाकमा तपाईंका समर्थक कर्मचारी छैनन् र उनीहरूलाई सरुवा गरेबापत तपाईंलाई कुनै 'लाभ' हुनेवाला छैन । ३. छेपारोले झैं रंग फेर्न माहिर तपाईंले आफूलाई यति सशक्त कांग्रेसीको रूपमा प्रस्तुत गर्नुभयो कि बरु बलदेव मजगैयाँजस्ता पार्टीका इमानदार सिपाहीको मन्त्रीपद गयो, तर तपाईंको 'सचिव' पद झनै जाज्वल्यमान बन्दै गयो । माघ १९ पछि त तपाईंको हैसियत यति बढ्यो कि तपाईंलाई 'राजस्व' रूपी दूध पिलाउने गिरिजाबाबु स्वयम्लाई नै डसेर विषालु सर्पको सक्कली रूप देखाउनुभयो । ४. साहित्य, संगीत र कलाको विकास गर्न स्रष्टालाई सम्मानित गर्न कथित 'प्रज्ञा-प्रतिष्ठान'को डङ्का पिटाउँदै हिँड्नुभएका तपाईंले निजामती सेवाभित्रका कुनै पनि स्रष्टालाई पर्वतारोहण कार्यको सम्पर्क अधिकृत बनाएर पठाइनुको सट्टा सत्चितशमशेरकै मान्छेलाई मौका दिइरहनुभयो । 'हिमालको ठेकेदारी गर्ने' गिरोह कायमै रह्यो र तपाईंले कसैलाई पनि पुस्तक लेख्ने, पर्यटन प्रबर्द्धनमा सघाउ पुर्‍याउने र नेपालको छवि फैलाउने कार्यमा सहयोग नपुर्‍याई 'ठेकेदारमार्फत शुभलाभ' गर्ने काम गरिरहनुभयो ।
Read Full Discussion Thread for this article