Posted by: once in a while May 1, 2006
Nepali Congress Embarasses...
Login in to Rate this Post:     0       ?        
पार्टीहरु आपसमा विवाद गर्दै तीन चार दिन अगाडि नै बन्नुपर्ने मन्त्रिमण्डल सोमबार रातिसम्म पनि घोषणा हुन सकेको छैन। २१ जनाभन्दा बढी मन्त्री नबनाउने सैध्दान्तिक सहमति भइसकेको भए पनि अहिले विवाद भइरहेको विषय निम्न भएको बुझिएको छ- - रक्षामन्त्री एमालेले पाउने भनी पहिले भनेकोमा अहिले प्रधानमन्त्री आफैले राख्न चाहेको - उपप्रधानमन्त्री एमालेका केपी अ‍ोलीले पाउने भनिएकोमा अहिले काँग्रेसले प्रधानमन्त्री अस्वस्थ भएकाले आफैलाई चाहेको भनी माग गर्न थालेको - अर्थ , सञ्चार र गृह पनि आफैलाई चाहिन्छ भनी काँग्रेसले माग गरेको। - गृह एमालेलाई नदिन दरबारबाटै पनि दबाब आएको। - प्रजातान्त्रिक काँग्रेसले आफूलाई पनि अलग दलको मान्यता दिन माग गरेको (संसदमा अलग्गै दलको रुपमा मान्यता दिने सोमबार सात दलले निर्णय गरिसकेको छ )। यी सबै विवाद सल्टाउने प्रयास भइरहेको र सल्टिएमा आजै मन्त्रिमण्डलको घोषणा हुनेछ। - http://hknepal.com/wp/?p=1104
Read Full Discussion Thread for this article