Posted by: Yahoooooo April 30, 2006
PM GPK - GET WELL SOON
Login in to Rate this Post:     0       ?        
माअ‍ोवादीलाई तुरुन्त वार्तामा आउन प्रधानमन्त्रीको आह्वान जनआन्दोलनको बलले पुनर्स्थापित संसदको आइतबार बसेको दोस्रो बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माअ‍ोवादीलाई तुरुन्त वार्ता आउन आग्रह गर्नुभएको छ। बैठकको अध्यक्षता गरिरहनुभएकी उपसभामुख चित्रलेखा यादवले मन्तव्य राख्नका लागि अनुमति दिनुभएपछि 'तत्काल हत्या-हिंसा त्यागी आजै वार्तामा आउन' प्रधानमन्त्री कोइरालाले माअ‍ोवादीलाई आह्वान गर्नुभएको हो। उहाँले माअ‍ोवादीद्वारा घोषित एक पक्षीय युध्दविरामको स्वागत पनि गर्नुभएको छ। आफ्नो सात मिनेट लामो सम्बोधनमा प्रधानमन्त्रीले जनआन्दोलनका उपलब्धि र सरकारले गर्ने कामहरुको बारेमा जानकारी दिनुभएको थियो। उहाँले आफूले संसदको पहिलो बैठकमा राखेको संविधान सभाको प्रस्तावका बारेमा छलफल गरी छिटै टुंगोमा पुग्न पनि सदनलाई आग्रह गर्नुभएको थियो। यसअघि प्रधानमन्त्रीले आजै सिंहदरबारमा गएर आफ्नो पदभार ग्रहण गर्नुभयो। पदभार ग्रहणका लागि सिंहदरबार पुग्दा मुख्य सचिवले स्वागत गर्ने प्रचलन रहेको भए पनि हालका मुख्य सचिव लोकमानसिंह कार्की निरंकुशताको मतियार भएको भन्दै कर्मचारीहरुले नै प्रवेश निषेध गरेका छन्। प्रधानमन्त्रीलाई प्रधानमन्त्री कार्यालयका सचिव मुकुन्द शर्माले स्वागत गर्नुभएको थियो।
Read Full Discussion Thread for this article