Posted by: Yahoooooo April 30, 2006
PM GPK - GET WELL SOON
Login in to Rate this Post:     0       ?        
प्रधानमन्त्रीद्वारा शपथ ग्रहण,राजपरिषदको शपथ बहिस्कार नवनियुक्त प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आइतबार नारायणहिटी राजदरबारमा शपथ ग्रहण गर्नुभएको छ। उहाँले राजपरिषदको शपथ भने लिनुभएन। राजाबाट प्रधानमन्त्रीलाई शपथ ग्रहण गराइबक्सने कार्यक्रममा विभिन्न संवैधानिक अङ्गका प्रमुख लगायत राजपरिषदका सभापति परशुनारायण चौधरीको पनि उपस्थिति थियो। तर प्रधानमन्त्री कोइरालाले राजपरिषद सभापतिबाट शपथ लिनुभएन। स्वास्थ्य स्थितिका कारण पछि सरेको प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा उहाँका निजी चिकित्सक डा.मधु आचार्य पनि उपस्थित हुनुहुन्थ्यो। शपथ ग्रहणपछि प्रधानमन्त्री सीधै शहीदगेटमा गई शहीदहरुप्रति श्रध्दाञ्जलि दिने प्रचलन रहेको भए पनि स्वास्थ्य स्थिति कै कारण उहाँ आफ्नै निवास फर्कनु भएको थियो। प्रधानमन्त्री आइतबार ४ बजे हुने प्रतिनिधि सभाको बैठकमा भने उपस्थित हुन समर्थ हुने विश्वास चिकित्सकहरुले व्यक्त गरेका छन्।
Read Full Discussion Thread for this article