Posted by: Paaru April 29, 2006
PM GPK - GET WELL SOON
Login in to Rate this Post:     0       ?        
कोइरालाको स्वास्थ्य लाभको कामना गर्दै पूजापाठ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री गिरिजाप्रशाद कोइरालाको स्वास्थ्य लाभ गर्दै धनगढीमा पूजा अर्चना शान्ति होम गरिएको छ। शनिबार भएको पूजापाठमा सहीदहरुको आत्माको चिर शान्ति र घाइतेहरुको स्वास्थ्यलाभको कामना पनि गरिएको थियो। धनगढीको लक्ष्मीनारायण मन्दिरमा नेपाली कांग्रेस कैलालीले आयोजना गरेको उक्त पूजापाठमा राष्ट्रिय सभाका सांसद हीरादत्त भट्ट, कांग्रेसका जिल्ला स्तरीय नेता गोबिन्दराज जोशी, जिल्ला सचिब प्रेमराज जोशी, भूपु सभापति नारायणदत्त मिश्र लगाएतको उपस्थिती रहेको थियो। पूजाआजाका क्रममा देशमा स्थाइ शान्तिको कामना गरिएको थियो। बिहान ८ बजे शुरु भएको उक्त पूजापाठ तीन घन्टा सम्म चलेको थियो। दिप प्रज्वल्लनबाट शुरु भएको उक्त पुजामा लक्ष्मीनारायण मन्दिरका बटुकहरुले शान्ति पाठ गरेका थियो। स्वतन्त्र समाचार सेवाका अनुसार कार्यक्रममा ठूलो जनसहभागीता रहेको थियो । सहभगी भन्दैथिए जनताका छोराका लागि गरिएको यो पहिलो स्थ्य लाभको कामना हो।
Read Full Discussion Thread for this article