Posted by: Bhaute April 28, 2006
News from Pokhara
Login in to Rate this Post:     0       ?        
दादाको सृजना चोक तिर रे ? हाम्रा जग्गाँ साँध मिचेर ढुङ्गा सार्ने यिनै रे'छन कि के हो॥ :p क्रान्तिको ज्वाला-जी, जनप्रिय स्कुल कि क्याम्पस ? क्याम्पस हो भने त हाम्रा घराँ पानी खान पस्नु भा'छ जस्तो छ। म चैँ स्याङ्जाबाट पोखराको पि आर लिएर जनप्रिय-मार्ग ( रत्नचोक-एयरपोर्ट रोड) मा ल्यान्ड गरेको। :-) दिपज्योतिमा मैले 'करन-अर्जुन' र 'रङ्गिला' हेरेको सम्झना आउँछ। मास्टर्नी-दिदी, मलाई थाह छ के। :-) त्यसैले त मैले "मास्टर्नी-नानी" बाट "मास्टर्नी-दिदी" भन्न थालेको नि। मुलाई त हजुरले "तँ" भने नि हुन्छ। हुन त हजुरको "हजुर"मा कुनै दोष छैन। तर पनि मलाई "चेपारे-हजुर" भन्दा "मायाँलु-तँ" मुन पर्छ के। :p :p :p मलाई त बाबाले सानोमा "तँ" भन्नु हुन्थ्यो। कान्छोछोरोलाई झन मायाँले तिमी भन्नु पर्ने हो के रे, तर मेरो बानी नै दोबाटोको चिलाउनेमा बाँधेर राख्ने जस्तो भएर होला "तँ" भन्नुहुन्थ्यो। अस्तिनै यता बाट घर जाँदा त "तँ" बाट "तिमी" मा प्रोमोशन गरिदिनु भएछ। मलाई त कत्ति मुन परेन के। अनि जबर्जस्ति "तँ" नै भन्न लगाएँ। :-) :-) -भउते
Read Full Discussion Thread for this article