Posted by: Nepali Janta April 26, 2006
Login in to Rate this Post:
0
?
Bold Decision of SPA
हा हा हा हा …… नेपथ्यबाट यौटा आबाज आयो : "तुरुन्तै संबिधान सभाको निर्बाचनको घोषणा गरेस नत्र… ! …"
हाम्रा देशका महान नेता र भावी प्र. म. ले "त्वं शरणम्" गर्दै तुरुन्तै बिन्ति बिसाए " ख्वामित ! हजुरकै ईसारा मै त सबै कुरा गर्दै छु नि …"
उताबाट फेरि commanding voice मा आबाज आयो "… संसदको पहिलो बैठकमै राखेस नि फेरि…" ।
यताबाट नरम गिडगिडाहट निस्क्यो " श्री ६ सरकार ! हजुरले भन्नु भन्दा पहिले नै सेवकहरुले यो "हाम्रै माग हो" भनेर घोषणा गरि सकेका छौ ……, आदेस आउनु पूर्ब नै बोलेकोमा क्षमा पाँउ ……"
"…अनि के हो ? , पछाडी त अझै 'लोकतन्त्र जिन्दाबाद' भनेको जस्तो सुनिन्छ नि… " नेपथ्य बाट पून नोकर हप्काई आयो ।
"हैन मार्ग दर्शक! …हैन मालिक!!, 'गणतन्त्र जिन्दाबाद' नै भन्दैछन, फोनमा आबाज राम्रो नआएको होला "
"२-३ महिना यत्तिक्कै दूर-निर्देशन कै भरमा चलाउन सक्छौ हैन त ?" उताबाट शंका मिस्रित प्रश्न आयो ।
" हजुर नआउन्जेल जेन तेन धानिहाल्छु नि … । राम जंगल जांदा भरतले खडाउकै भरमा त चलाएका थिए … अहिले त फोन, मोबाईल सबै छ … छलफल नगरेको बिषयमा बोल्न परिआएमा सेवकले हजुरमा जाहेर गरिहाल्छ नी …"
फोन राखेर नेताजिले कोठामा बसेका बाँकि ६ जनालाई हेर्दै भने " मालिकलाई छिट्टै यता ल्याउने प्रबन्ध गरौं है … यो का. मु. चलाउनु भन्दा सेवामा समर्पित भै कारिन्दा को काम गरौं … सजिलो पनि हुन्छ, धर्म पनि! "
"हस !" सबैले एकै चोटि सहमति जनाए । मिटिङ सक्कियो र नेताहरुले बाहिर गई पत्रकारहरुलाई बैठकको निर्णय सुनाए : " हामिले आज जनताको माग अनुशार निक्कै Bold Decision लिएका छौं ……, संसदको पहिलो बैठकमै संबिधान सभाको कुरा उठाउँने छौं "