Posted by: rhishi April 26, 2006
Login in to Rate this Post:
0
?
दादा, भाले, नेपाली ठिटोज्यु हरु
जदौ अनि धन्यवाद ॥ कविता मन पराइदिनुभएकोमा ।
आज यसो सोचेको की हाम्रा महाराजहरु ऐले के गर्दै होलान भनेर, अनि यो कविता फुर्यो तेसैलाई टाँसेको छु ॥
पिता-पुत्र सम्वाद ॥
अग्ला अग्ला साँधका खोपी-भित्र
सिंची घाँटी ह्विस्किले पत्र-पत्र
आँखा राता, ओठ-तालू सुकाई
काने-खुसी पुत्र-पिताको हाई !
रैती सारा आज जागेको हेर
फुट्यो बोली पिताको मन् अधीर
थाम्नै गार्हो आज भो यो मलाई
गद्दी घाँडो दाइको रैछ हाई !
ब्यर्थै नाना पर्व-काण्डै रचेर
सीधा-सादा भारदारै सकेर
हाँक्ने स्वप्ना देश यो राज गर्दै
तिम्रो मेरो तुरियो आज चट्टै !
इच्छा सारा लोकको स्वामी बन्ने-
लुट्दै फेरी देश यो मोज गर्ने-
वैल्यो । हाई !! फुल्नु भन्दा अगाडी ॥
जन्ता जाग्दा चेतना दिप्त बाली ॥
आँधी आयो एक ठूलो बिशाल
चिथ्रा पार्यो आज सम्पूर्ण जाल
बुन्थ्यौं हामी एक भै आफ्ना निम्ति
गम्थ्यौं ब्यर्थै बिष्णुको रूप सम्झी ॥
भैगो धेरै गर्नु के लौ बिलौना ?
जन्तालाई ब्यर्थ सम्झ्यौं खेलौना
सोचेनौं पैले कठै किन यस्तो ?
नास्सिंने बेला भयो बुद्धि उल्टो !!