Posted by: Bhaute April 25, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
मेरो नहाँस्ने ब्रत सकियो। :-) लु, अकबरले खट्टे र खुदो छुट्याईदिए। छुट्याउन नसक्ला र खट्टेको भाँडो त्यै अकबरको मुखमा लाग्ने गरी भ्याट्ट लात्तिले हानुम्ला भनेर बसेको, पाईएन। चौतारीलाई लोकतान्त्रिक-गणतन्त्र-चौतारी घोषणा गर्नु पर्‍यो अब। अब यहाँका गन्ने मान्ने मुन्छे भनेका नेपे दाजी, बिर्खे जिम्माल काका यिनैहुन के रे। हुन त बबेदाइ नि मुन्छे त कम्तिका हैनन, तर गाँजाले बिगार्‍यो तिनलाई। दिन दहाडै गाँजा तानेर तरुनी जिस्क्याम्छन। :P सिरेले त पर्धानमा उठ्नी भुनेर गाँजा छोडे के रे। कसका बाहुलीबाट घोषणा गराउने हो कुन्नि। नेपेदाजी त खट्टे र खुदो छुट्टियो, लात हान्न पाइएन भनेर उतातिर ठुस्स परेर बिरक्त लाग्दो सिलक हालेर बस्नु भा'छ।फकाइ फुलाइ अरेर ल्याम्नि हो कि। बिर्खे जिम्माल र काका चैँ कता हराए कता, नाक मुख देखिन्न आजकाल। लु गाम्ले हो कसलाई जिम्मा लाम्ने हो, एउफेर नेपेदाजीका घरतिर जानि हो कि सप्पै मिलेर सम्झाउन। :-) :-) -भउते
Read Full Discussion Thread for this article