Posted by: rhishi April 25, 2006
लोकतान्त्रिक कविता !
Login in to Rate this Post:     0       ?        
बर्तमान परिप्रेक्षमा आर्को कविता: सर्पको विष नझारे फेरी डस्छ ॥ साँपलाई जति दुध ख्वाए पनि मौका पाउनासाथ यसले फेरी डस्छ । गोमन त सके नपालेकै बेस यो घातक हुन्छ, विषालु हुन्छ यसको विष नझारे फेरी फेरी डस्छ पिटाराबाट निस्कनासाथ दुध खुवाउने स्वामीलाई नै डस्छ । शीर यसको नकुल्चने हो भने यसले फणा फुलाएर खेदि-खेदि डस्छ, पुच्छरमा उभिएर छानी-छानी डस्छ । गोमन त सके नपाले कै वेस यसले फर्की-फर्की डस्छ, साटो फेरी-फेरी डस्छ । विनको धूनमा नाचेको नठानौं त्यो त यसको बाध्यता हो, नचाउनेलाई आँखा भरी साँच्छ अनि मौका पाउनासाथ उसैलाई डस्छ । कृतघ्न जात हो साथी यो यसले छानी छानी डस्छ बिष नझारे फेरी फेरी डस्छ गोमन त सके नपालेकै बेश यो घातक-विषालु हुन्छ यसले पर्खी-पर्खि डस्छ।
Read Full Discussion Thread for this article